Badapatra Online

हाम्रा जनप्रतिनिधि

हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो । गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो । कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको…
Read More
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाण्डौ – पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ । ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित…
Read More
पालिका उपचुनाव : यी हुन् उम्मेदवार

पालिका उपचुनाव : यी हुन् उम्मेदवार

काठमाण्डौ – यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ । धेरैको चासो रहेको काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा। डा। शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ । यस्तै कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।…
Read More
गोलन्जोरमा बाढीले ध्वस्त विद्यालय पुनर्निर्माण सुरु

गोलन्जोरमा बाढीले ध्वस्त विद्यालय पुनर्निर्माण सुरु

सिन्धुली । गत असोज १२ गते रोशी र सुनकोशी नदिमा आएको बाढीले बगाउँदा ध्वस्त भएको सामुदायिक विद्यालय भवन पुनर्निर्माण थालिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले वडा नम्बर ३ मुर्किवेसी स्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालेको हो । सुनकोशी नदिमा आएको बाढीले पुरेर ध्वस्त बनाएको डेढ महिनामै बुधबार उक्त विद्यालय भवन पुनर्निर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए । बाढीले भवनमा क्षेती पु¥याएपछि विद्यालयको पठनपाठननै अबरुद्ध थियो । बाढीले विद्यालयको सबै संरचनामा क्षेती पुगेपछि दातृ निकाय ब्याक टु लाईफ ई.भी. जर्मनीको सहयोगमा विद्यालयको पुरै संरचना नयाँ निर्माण थालिएको हो । आगामी छ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी बुधबार एक…
Read More
सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपंक्षि, १९८५ हेक्टरमा तरकारी

सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपंक्षि, १९८५ हेक्टरमा तरकारी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षि रहेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षिहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ । पालिकामा किसानहरुले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन । १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन । ‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी…
Read More
मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…
Read More
उद्यमी बन्दै मरिणका महिलाहरु

उद्यमी बन्दै मरिणका महिलाहरु

छाप (सिन्धुली)  । मरिण गाउँपालिका सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् । गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन । ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ । मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा…
Read More
सिन्धुलीका स्थानीय सरकारको बजेट ६ अर्ब ८२ करोड

सिन्धुलीका स्थानीय सरकारको बजेट ६ अर्ब ८२ करोड

सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…
Read More
राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो । नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो । अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उहाँले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
Read More