डा.प्रकाश बुढाथोकी यो बेला मनसुनजन्य रोगहरूको जोखिम पनि धेरै हुन्छ । बाढी, डुबान र पहिरोले पानीको मुहान दूषित पार्छ । यसले गर्दा पानीजन्य रोग लाग्न सक्छ । दूषित पानी प्रयोग गर्दा खानाजन्य रोग, श्वासप्रश्वासको रोग र पाचन प्रणालीको रोग निम्त्याउन सक्छ । विशेषगरी दूषित पानीले खाना पकाउँदा, पखाल्दा वा पिउँदा हैजा, टाइफाइड र हेपाटाइटिस जस्ता रोगहरूको जोखिम धेरै हुन्छ । खाना नपच्ने, ग्यास्ट्रिक हुने, झाडापखाला लाग्ने, आउँ, रगतमासी पर्नेजस्ता स्वास्थ्य समस्याहरू देखिन्छन् । पानी धेरै पर्ने वा बाढी पसेको ठाउँमा सङ्क्रमित पानीले गर्दा जन्डिस लाग्ने समस्या पनि देखिने गरेको छ । दूषित पानीले हात मुख धुन, नुहाउन, भाँडा माझ्न प्रयोग…
डा.प्रकाश बुढाथोकी मनसुन शुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल विस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा १४ औँ र हरितगृह ग्यास उत्सर्जनका हिसाबले १०९ औँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणविना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा…
प्रा. डा. विनयकुमार कुसियैत विगत एक दशकमा एसईईको नतिजामा कुनै सुधार भएको छैन । पहिलेको पासरफेल प्रणाली पनि अहिलेको जस्तै हो । यसले वर्तमान शिक्षण र सिकाइ विधिको प्रभावकारिताको बारेमा चिन्ता बढाउँछ । यदि विद्यार्थीको सिक्ने तरिका १० वर्षमा परिवर्तन भएन भने, उनीहरूको शैक्षिक प्रदर्शनमा उल्लेखनीय सुधारको अपेक्षा गर्नु अवास्तविक हो । विद्यार्थीलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न शिक्षाको लागि नयाँ नीति बनाउन आवश्यकता छ । यसपालिको एसईईको नतिजा सन्तोषजनक छैन । राज्यले १० वर्षसम्म एक विद्यार्थीमा गरेको लगानी व्यर्थ भएको छ । लगानी अनुसारको राम्रो प्रतिफल मिलेन । त्यसैले सही तरिकाले लगानी गर्दा मात्र सही नतिजा निस्किन्छ । सरकारले…
प्रकृति विष्टँ गर्मीको बेला शरीरमा पानीको मात्रा पूरा गर्न प्रशस्त तरल पदार्थ खानुपर्छ । चर्को घाम र वातावरणको तातोले पनि विभिन्न रोगको जोखिम बढाउँछ जसले शरीरमा आलस्य र कमजोरी ल्याउँछ । गर्मीमा यस्ता धेरै फलफूल पनि पाइन्छ जसलाई खाएपछि शरीरमा पानीको कमीलाई पूरा गर्नुका साथै गर्मीमा हुने धेरै रोगबाट बचाउन मद्दत गर्छ । त्यसैले मौसमअनुसार विभिन्न प्रकारका फलफूल खाएर स्वस्थ रहन सकिन्छ । गर्मीमा आँप, लिची, खरबुजा, आरु, आल्चा लगायतका फलफूल धेरै पाइन्छ । यी फलफूलमा भिटामिन, मिनरल, रेशा लगायतका पोषण तत्त्व धेरै पाइन्छ जसले शरीरको पाचन प्रणालीलाई मद्दत गर्दछ । आँप आँपलाई फलको राजा मानिन्छ । आँपमा कार्बोहाइड्रेट र…
काठमाण्डौ – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत ुसालको पातु सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् । व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक…
काठमाण्डौ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ुच्याम्पियनु बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।
काठमाण्डौ – नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले पाँच लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए । नेपाल आइडलको पाँचौँ संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।
काठमाण्डौ – रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ ।चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायःनाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने…
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० को सातौँ संस्करणका अवसरमा एमाले अध्यक्ष ओलीसँग नायक राजेश हमालको सिनेमा सम्वादका क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो । उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै ओलीले युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी रहेको बताउनुभयो । अध्यक्ष ओलीले नायक राजेश हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको भन्दै प्रशंसा गर्नुभयो । नायक हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमता बारेमा…
बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो। सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै दर्शक ‘स्त्री २’ को पर्खाइमा छन । यसैबीच फिल्ममा अभिनेता अक्षय कुमार अनुबन्धित भएका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्ममा अक्षय एक महत्वपूर्ण भूमिकामा देखिनेछन । जसमा उनको भूमिका कमेडीले भरिएको हुनेछ। अक्षयले भूल भुलैया, हेरा फेरी, वेलकमु जस्ता फिल्ममा कमेडी भूमिका निर्वाह गरेका छन । ‘स्त्री २’ अगस्त १५ देखि हलमा रिलिज हुनेछ। फिल्ममा अक्षय कुमार अनुबन्धित भएसँगै उत्सुकता बढेको छ।