Badapatra Online

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदाता रहेको सिन्धुली जिल्लामा ५३ दशमलव ५८ प्रतिशत अर्थात कुल १ लाख १५ हजार २ सय ४१ मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ५६ हजार ४ सय ३२ महिला र ५८ हजार ७ सय ८२ पुरूषले मतदान गरेका छन । जिल्लाको दुबै निर्वाचन क्षेत्रमा गरी कुल १ सय ५१ मतदान स्थल अन्तरगत २ सय ६८ मतदान केन्द्र रहेका थिए । ति सबै मतदान केन्द्रमा शान्तपूर्ण मतदान सम्पन्न भएको मुख्य निर्वाचन…
Read More
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार सूचना जारी गर्दै शान्ति सुरक्षा र आसन्न निर्वाचनलाई लक्षित गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न नभए सम्मका लागि जिल्लाभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाएको हो । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरण एवं सेवन निषेध गरिएको हो । जिल्लामा निर्वाचनको अन्तिम मत परिणाम नआएसम्मका लागि मदिरा बिक्री वितरण एवं सेवन निषेध गरिएको पौडेलको भनाई छ । स्थानीय प्रशासनको निर्देशन…
Read More
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष्ट्रिय मगर दिवसको अवसरमा २०८२ फागुन १५ गते शुक्रबार गाउँपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) का अनुसार मगर समुदायको विशेष महत्वको दिन राष्ट्रिय मगर दिवस मनाउनका लागि गाउँपालिकाले फागुन १५ गते शुक्रबार एक दिन सार्वजनिक विदा दिएको हो । जिल्लाको मरिण गाउँपालिकामा मगर समुदायको उल्लेख्य बसोबास रहेको छ ।
Read More
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । सोलुबाट काठमाण्डौतर्फ जादै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले ठक्कर दिँदा गोलन्जोर २ बस्ने ठाकुर बयलकोटीको छोरा बर्ष ८ को अषिक बयलकोटीको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार पैदलयात्री बयलकोटीलाई सुमोले ठक्कर सदिएको थियो । सोमोको ठक्करबाट बालकको टाँउकोमा गम्भिर चोट लागेको थियो । उनको स्थानिय गोलन्जोर आधारभुत अस्पतालमा उपचारको क्रममा आइतबार साँढे तिनबजे मृत्यु भएको हो । बालकको मृत्यु भएसंगै स्थानीयले गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा मध्य पहाडी लोकमार्ग अबरुद्ध गरेका छन्…
Read More
सिन्धुलीमा नेता कार्यकर्तालाई एकताबद्ध हुन प्रचण्डको अपिल

सिन्धुलीमा नेता कार्यकर्तालाई एकताबद्ध हुन प्रचण्डको अपिल

सिन्धुली । सिन्धुली आइपुग्नु भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभ एको छ । पार्टीभित्रको असन्तुष्ट पक्ष, विशेष गरी हरिबोलव् गजुरेल, महेश्वर दाहाल प्रति लक्षित गर्दै संयोजक प्रचण्डले एकताको अन्तिम अपिल गर्नुभएको हो । शनिवार सिन्धुली आइपुग्नु भएका संयोजक प्रचण्डले भन्नुभयो, ‘गल्ती हुनु मानव स्वभाव हो, तर गल्तीमा अड्किनु राजनीति होइन । आफ्नो गल्तीले आफैंलाई हानि पु¥याउने, खेती आफ्नै हातले नष्ट गर्ने जस्तो काम नगरौँ ।’ उहाँको यो भनाइलाई धेरैले हरिबोल गजुरेलतर्फ संकेतका रूपमा व्याख्या गरेका छन् । सिन्धुलीलाई ‘लालकिला’ बनाउने सपना नाराबाट होइन, एकताबाट मात्र सम्भव भएको बताउँदै संयोजक प्रचण्डले पार्टी नेतृत्वले…
Read More
गणित शिक्षा परिषद्को चौथो अधिवेशन सम्पन्न

गणित शिक्षा परिषद्को चौथो अधिवेशन सम्पन्न

टंकध्वज थापा सिन्धुली । गणित शिक्षा परिषद् नेपाल, सिन्धुली जिल्ला शाखाको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । परिषद्का केन्द्रिय अध्यक्ष डा।रमेशप्रसाद अवस्थीको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा जिल्लाभरिका गणित विषयक शिक्षकहरूको भेलाले कविन्द्र गौैतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सिन्धुली जिल्लामा गणित शिक्षा परिषद्को यो सक्रियताप्रति आफू कृतज्ञ रहेको बताउँदै प्रमुख अतिथि अवस्थीले उद्घाटन सत्रमा आफ्नो शुभकामना मन्तव्यका साथ गणित निरस विषय नभएको तर हामीले सबै विषयका शिक्षकहरूसँग पनि हातेमालो गरेर विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्नुपर्ने बदलिँदो परिवेश र पाठ्यसंरचनाको माग रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा बर्दिवास मेडिकल कलेज…
Read More
सिन्धुली आएर प्रचण्डले भने, राजन दाहाल सिन्धुलीको मात्र हैन राष्ट्रिय नेता हुन

सिन्धुली आएर प्रचण्डले भने, राजन दाहाल सिन्धुलीको मात्र हैन राष्ट्रिय नेता हुन

सिन्धुली  । पार्टीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिन्धुली आइपुगेका नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार राजन दाहाल सिन्धुलीका मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भएको भन्दै प्रसंशा गर्नुभएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर दुईबाट नेपाली कम्यूनिष्ठ पार्टीका उम्मेदवार रहेका लेखनाथ दाहाल (राजन) को चर्चा गर्नु हुँदै संयोजक प्रचण्डले भन्नुभयो, ‘राजन दाहाल अव सिन्धुलीको मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भइसक्नुभयो । उहाँले संसद हुँदा सदनमा उठाएका विषय, जिल्लामा आम नागरीकका विचमा गरेका सेवा र समृद्ध सिन्धुलीका निर्माणको लागी गर्नुभएको पहल कदमीले जिल्लामा मात्र हैन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै…
Read More
सिन्धुलीबाट अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ

सिन्धुलीबाट अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ

सिन्धुली  । सिन्धुलीमा अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै विक्री गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर्ष ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला रहेका छन् । उनिहरुलाई स १ ख…
Read More
सिन्धुलीमा बोलेरो र मोटरसाइकल ठोक्किदा दुई गम्भिर घाइते

सिन्धुलीमा बोलेरो र मोटरसाइकल ठोक्किदा दुई गम्भिर घाइते

सिन्धुली  । मदनभण्डारी राजमार्ग अन्तगत सिन्धुलीको कमलामाई नगरपालिका–९कोरुङखोलामा दुई सवारी एक आपसमा ठोक्कीएर दुर्घना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । आइतबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ज १२ प ७२६६ नम्बरको मोटरसाइकल कटारीबाट भिमानतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ७६६५ नम्बरको पिकअप बोलेरो एकआफसमा ठक्करखादा मोटरसाइकलमा सवार दुइजना गम्भिर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मोटरसाइकलमा सवार मोटरसाइकलका चालक बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ४० का मंगल मोक्तान र मोटरसाइकलको पछाडि सवार बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ३० वर्षका सन्दिप घिसिङ गम्भीर घाइते भएका छन् । दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते दुवै जनालाई तत्काल उपचारका लागि…
Read More
सिन्धुलीमा एनप्याब्सनको स्पोर्ट मिट सम्पन्न

सिन्धुलीमा एनप्याब्सनको स्पोर्ट मिट सम्पन्न

टंकध्वज थापा दुधौली । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपालको सिन्धुली च्याप्टर अन्तर्गतको स्पोर्ट मिट कार्यक्रम  दुधौली नगर पालिकाको रङ्गशालामा पुरस्कार वितरण गरी सम्पन्न भएको छ । एनप्याब्सन सिन्धुलीको नियमित वार्षिक कार्यक्रम अन्तर्गत गत माघ १५ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम  एनप्याब्सन केन्द्रिय उपाध्यक्ष कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरी समापन गरिएको हो । विद्यार्थीहरू शारीरिक,मानसिक र वौद्धिक तीनै पक्षमा प्रखर हुनुपर्ने र खेलकुदले उनीहरूको यो सबै पक्षमा निखार ल्याई स्वस्थ प्रतिस्पर्धा, अनुशासन र मिहिनेतमा विश्वास गर्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रमुख अतिथि उप्रेतीले आफ्नो मन्तव्यका क्रममा बताउनुभयो । भलिबल, म्याराथन,…
Read More