जलवायु सम्मेलनमा वन मन्त्रालयले बढी कर्मचारी पठाएको भन्दै असन्तुष्टि काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गर्नुभयो । उहाँले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्नेगरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो । उहाँले अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन् । आज यहाँ साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए । उनले भने, “विदेश भ्रमणको क्रममा मैले त्यहाँ नेपालीमा देखेको देशप्रतिको प्रेमले नै कविलाई जीवित राखेको पाएको छु । प्रवासमा रहेर पनि नेपाल आएर कविता सङ्ग्रह निकाल्ने जमर्को गर्नुभएकामा धन्यवाद । कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिँदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।” साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर…
काठमाडौँ । ललितपुरमा बंगुररसुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुररसंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो । कार्त्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ । बंगुररसुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।
काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए। उनले पहिलो संस्करणको एनपीएललाई क्यानले ब्राण्डको रूपमा स्थापित गर्न खाजेको उल्लेख गरे। पहिलो एनपीएल खेल्न विदेशी फ्रेन्चाइजहरूले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रूपमा विकसित हुनसक्ने बताए। लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम…
काठमाडौं : मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। ुमलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,ु अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा पर्नेहरूमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन्। उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए। त्यस्तै माल्दिभ्स, बेलायत…
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो। नयाँ मूल्य राति १२ बजेबाट लागू हुने छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा २ रुपैयाँ ५४ रुपैयाँले बढेर आएको छ।
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाल टेलिकमको टावर निर्माणका लागि आवश्यक प्रकृया थालिएको छ । हरिहरपुरगढी गाउँपालिकाको पहलमा नेपाल टेलिकम (दुरसंचार कम्पनी लिमिटेड) वायरलेस सेवा निर्देशनालयले फारजी सहितको सेवाका लागि टावर निर्माण कार्य थालेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा रुफटप विटिएस टावर निर्माणका लागि हरिहरपुरगढी स्वास्थ्य चौकीको छत प्रयोग गर्ने गरी सम्झौता समेत भएको छ । टवर निर्माणका लागि सम्झौंता गर्न दुरसंचार कम्पनी लिमिटेड वायरलेस सेवा निर्देशनालयका ईन्जिनियर सुर्वण बस्ताकोटी, प्राविधिक अधिकृत बिष्णु भण्डारी, सहायक प्रशासकीय अधिकृत पुष्पराज गुरागाँई गाउँपालिकामै आउनु भएको थियो । ‘वडा नम्बर १ मा टवर निर्माणको लागि…
सिन्धुली । मकवानपुरको बकैया गाउँपालिका ३ स्थित बुद्ध मावीका प्रधानाध्यापक प्रेम बम्जन माथी गोली प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका ७ तुफानपुर बस्ने कन्चन ठाकुरका छोरा वर्ष ३० का प्रमानन्द भन्ने विजनन्द ठाकुर रहेका छन् । बागमती गाउँपालिका १ बोटगाउँ घर भएका वर्ष ४० का बम्जनलाई गत आइतबार झाप्सेमा अज्ञात समुहले गोलि प्रहार गरेर फरार भएका थिए । उनिहरु मध्ये ठाकुरलाई बागमती नगरपालिका १२ बथानेटोल सर्लाहीबाट प्रहरी टोलिले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए । ‘सर्लाही जिल्लाबाट सिन्धुली हुँदै मकवानपुर जिल्ला तर्फ मोटरसाइकलमा जाँदै…
सिन्धुली । गत असोज १२ गते रोशी र सुनकोशी नदिमा आएको बाढीले बगाउँदा ध्वस्त भएको सामुदायिक विद्यालय भवन पुनर्निर्माण थालिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले वडा नम्बर ३ मुर्किवेसी स्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालेको हो । सुनकोशी नदिमा आएको बाढीले पुरेर ध्वस्त बनाएको डेढ महिनामै बुधबार उक्त विद्यालय भवन पुनर्निर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए । बाढीले भवनमा क्षेती पु¥याएपछि विद्यालयको पठनपाठननै अबरुद्ध थियो । बाढीले विद्यालयको सबै संरचनामा क्षेती पुगेपछि दातृ निकाय ब्याक टु लाईफ ई.भी. जर्मनीको सहयोगमा विद्यालयको पुरै संरचना नयाँ निर्माण थालिएको हो । आगामी छ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी बुधबार एक…