मुम्बई । आफ्नो पछिल्लो चलचित्र एनिमल सुपरहिट भएपछि आफुलाई आजकाल दैनिक जसो चलचित्रमा कामको लागि प्रस्ताव आउने गरेको बलिउड अभिनेता बबी देओलले बताएका छन् । धेरै भन्दा धेरै चलचित्रमा कामको प्रस्ताव आएपछि आफुले चलचित्र खेल्न समय नभएको बताउनु परेको यी अभिनेताको कथन छ । ५५ वर्षको उमेरमा बबी देओलको करियरमा एनिमलले परिवर्तन गरिएको हो । त्यो भन्दा अघि उनीसँग राम्रो चलचित्र थिएनन्,‘चलचित्र एनिमलको लागि १५ मिनेटको भूमिका निकै कठिन भएकाले मैले राम्रो पारिश्रमिक माग गरेँ । उहाँहरुले यो भूमिकाको लागि मलाई चार करोड दिनु भयो ।’ अभिनेता रणबीर कपुरले यो चलचित्रको लागि गरेको कामको तुलनामा आफ्नो पारिश्रमिक उनको भन्दै धेरै…
काठमाण्डौ – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत ुसालको पातु सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् । व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक…
काठमाण्डौ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ुच्याम्पियनु बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।
काठमाण्डौ – नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले पाँच लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए । नेपाल आइडलको पाँचौँ संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।
काठमाण्डौ – रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ ।चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायःनाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने…
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० को सातौँ संस्करणका अवसरमा एमाले अध्यक्ष ओलीसँग नायक राजेश हमालको सिनेमा सम्वादका क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो । उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै ओलीले युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी रहेको बताउनुभयो । अध्यक्ष ओलीले नायक राजेश हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको भन्दै प्रशंसा गर्नुभयो । नायक हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमता बारेमा…
बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो। सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै दर्शक ‘स्त्री २’ को पर्खाइमा छन । यसैबीच फिल्ममा अभिनेता अक्षय कुमार अनुबन्धित भएका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्ममा अक्षय एक महत्वपूर्ण भूमिकामा देखिनेछन । जसमा उनको भूमिका कमेडीले भरिएको हुनेछ। अक्षयले भूल भुलैया, हेरा फेरी, वेलकमु जस्ता फिल्ममा कमेडी भूमिका निर्वाह गरेका छन । ‘स्त्री २’ अगस्त १५ देखि हलमा रिलिज हुनेछ। फिल्ममा अक्षय कुमार अनुबन्धित भएसँगै उत्सुकता बढेको छ।
सामान्यतया मानिसहरू आगो अथवा पानीसँग डराउँछन्। तर बलिउडका केही कलाकारहरू खानेकुरा र सिलिङ पंखादेखि पनि डराउँछन्। जुन कुरा सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ। हामीले बलिउडका सात जना कलाकारहरू के(के सँग डराउँछन् भनेर चर्चा गरेका छौं अजय देवगन बलिउड अभिनेता अजय देवगनलाई लिफ्टदेखि डर लाग्छ। उनले एउटा घटनापछि लिफ्टमा ओहोरदोहोर गर्न असहज लाग्ने बताएका छन्। अजयले उक्त घटनालाई स्मरण गर्दै भनेका छन्, ुकेही वर्ष पहिले जब म दुई जनासँग लिफ्टमा थिएँ, एक्कासी त्यो बिग्रियो। र तीव्र गतिमा तेस्रो तल्लाबाट भुइँ तल्लामा खस्यो। तर कोही पनि गम्भीर घाइते भएनन्। हामी करिब १ घण्टासम्म त्यहाँ फसेका थियौं। त्यस बेलादेखि म लिफ्टमा चढ्न असहज…
ललितपुर । क्यान्सर विजेताहरुहरु लाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्ववाइवर सोसाइटीले तीज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावहरूबाट धेरै राहत हुने सोसाइटीकी अध्यक्ष प्रमिता खनाल बताउनुहुन्छ । ललितपुरको कुमारीस्थित बिरयानी अड्डामा १०० जना सर्ववाइवरहरुको सहभागितामा यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रम भाद्र १८ गते सम्पन्न गरिएको आयोजकहरूले जानकारी गराउनुभएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…