Badapatra Online

अर्थ

एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो। रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ। प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो। एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख…
Read More
तिनपाटनमा वडा र स्वास्थ्य चौकीको भवन उद्घाटन

तिनपाटनमा वडा र स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुली  । सिन्धुलीको तिनपाटन गाउँपालिका ७ तोस्राम खोलामा वडाको प्रशासकीय भवन र स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका विच दुबै भवनको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यातामा आयोजित एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । वडा अध्यक्ष युवाराज पाहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी, वडा अध्यक्षहरु, गाउँकार्यपालिका सादस्य, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा कार्यालय भवन गाउँपालिकाकै लगानी र स्वास्थ्य चौकी भवनको बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो ।
Read More
गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ र ७ जोड्ने घोक्सीला खोलामा पक्की पुलन निर्माण थालिएको छ । गोलन्जोर गाउँपालिका ६ घोक्सिला र ७ को माथिल्लो बारा जोड्ने गरि झण्डै साँढे ९ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण थालिएको हो । पुलले बीपी राजमार्गसंग जोडिएर गाउँपालिकाकै बैकल्पीक मार्गका रुपमा घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी जोड्ने छ । कुल नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिना भित्र सम्पन्न गर्नेगरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा श्रृजना निर्माण सेवाले पाएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीसंग पुल…
Read More
काठमाडौं : नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।
Read More
हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

सिन्धुली : सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो । गाउँपालिका र केयुविच गत भदौमा भएको सम्झौंता अनुसार केयुले सामेबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो । केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, ई. मानस…
Read More
हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो । गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो । कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको…
Read More
सहकारी ठगी प्रकरण : काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी

सहकारी ठगी प्रकरण : काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतका सूचना अधिकरी मेलिश बाँस्कोटाले यसको पुष्टि गरेका छन्। यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्। प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान…
Read More
नेप्से सामान्य बढ्यो, ११ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार

नेप्से सामान्य बढ्यो, ११ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से दुई हजार सात सय ८७ विन्दुमा पुगेको थियो । आज बैंक, फाइनान्स, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ…
Read More
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा धेरै कमाउने चलचित्र, १४ दिनमा २७ करोड कमायो

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा धेरै कमाउने चलचित्र, १४ दिनमा २७ करोड कमायो

काठमाण्डौ – लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो । निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक…
Read More
सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको हो।
Read More