Badapatra Online

Breaking News 1

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । शनिवार ग्वाल्टारमा सम्पन्न सम्मेलनले पुनः रोशन श्रेष्ठको अध्यक्ष्तामा ४५ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको गाउँ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अम्बरदिप थापा , उपाध्यक्षद्धय बिष्णुकुमारी कार्की र जुद्दबहादुर बिश्वकर्मालाई चयन गरेको छ । यस्तै सचिबमा देबकुमार श्रेष्ठ, कोषाध्यक्षमा देबराज आले, सह सचीवमा दिपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो । यस्तै अधिवेशनबाट ४५ सदस्यीय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरिएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अम्बरदीप थापाले जानकारी दिनुभयो । गोलन्जोर गाउँकमिटिका अध्यक्ष रोशन…
Read More
रिहा भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

रिहा भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

कास्की  : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। काठमाडौं महानगरपालिका१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित…
Read More
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

कास्की : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।…
Read More
बीपी राजमार्ग पुनर्निर्माण तत्काल थाल्न सांसद दाहालको माग

बीपी राजमार्ग पुनर्निर्माण तत्काल थाल्न सांसद दाहालको माग

सिन्धुली । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद राजन दाहालले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माण तत्काल थाल्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल सिन्धुलीद्धारा बिहिबार सिन्धुलीमाढीमा आयोजित भेटघाट कार्यक्रममा सांसद दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेवेशी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकारसंग माग गरेका हुन् । उक्त राजमार्ग गत असोस १० देखि १० गते सम्म रोशी र सुनकोसी नदिमा आएको बाढी र पहिरोले बगाउँद राजमार्गको झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको छ । राजमार्गको नेपालथोक–भकुण्डेवेशी खण्डमा रोसीलाई तर्काएर अस्थायी ट्रयाकमार्फत सवारी साधन संचालन हुदै आएपनि त्यसको पुनर्निर्माणमा सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा ढिलाई भएको भन्दै सांसद दाहालले बजेटको स्रोत सुनिश्चित गर्दै निर्माण…
Read More
मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले जितेको छ । गत बिहिबारबाट आयोजना भएको मरिण गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत प्रथम हुँदै खयरसालले चौथो पटक शिल्ड उचालेको हो । विद्यालयले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ काश्य सहित कुल १५ पदक सहित रनिङ लागातार चौथो पटक शिल्ड चुम्न पाएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले जानकारी दिनुभयो । विद्यालयले यस अघि गाउँपालिकाद्धारा आयोजित तेस्रो, चौथो र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेर शिल्ड आफ्नो कब्जामा पारिसकेको छ । यो छैठौं प्रतियोगिता जितेसंगै विद्यालयले…
Read More
सांसद दाहालद्धारा मरिणमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

सांसद दाहालद्धारा मरिणमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य राजन दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताए । उनले भने, ‘जो शारिरिक रुपमा स्वस्थ हुन्छ उ नै मानसिक रुपमा स्वास्थ हुने भएकालेले यस्ता खेलका माध्यमबाट बालबालिकाहरुको चौतर्फी विकासमा मद्धत पुग्दछ । यस्ता प्रतिभाहरु जिल्ला र राष्ट्रकै लागि उपयोग गर्नेगरी शिक्षामा जोड दिनुपर्दछ ।’ यस्तै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)…
Read More
गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ र ७ जोड्ने घोक्सीला खोलामा पक्की पुलन निर्माण थालिएको छ । गोलन्जोर गाउँपालिका ६ घोक्सिला र ७ को माथिल्लो बारा जोड्ने गरि झण्डै साँढे ९ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण थालिएको हो । पुलले बीपी राजमार्गसंग जोडिएर गाउँपालिकाकै बैकल्पीक मार्गका रुपमा घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी जोड्ने छ । कुल नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिना भित्र सम्पन्न गर्नेगरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा श्रृजना निर्माण सेवाले पाएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीसंग पुल…
Read More
काठमाडौं : नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।
Read More
सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी ?

सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी ?

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल०को अब फाइनल खेलमात्रै बाँकी छ। फाइनलमा सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। यी दुई टिमको खेल एनपीएलमा तेस्रो पटक हुनेछ। लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले हरायो। यी दुई टिम शीर्ष २ हुँदै पुनः पहिलो क्वालिफायरमा भेट भए, त्यहाँ पनि सुदूरपश्चिमपश्चिमले ८ विकेटले जनकपुरलाई हरायो। यी दुई टिमको पहिलो सिजनको एनपीएलमा अन्तिम भेट हुँदैछ। लिग चरणमा अन्य टिममाथि आफ्नो दबदबा बनाउँदै यी दुई टिमको भेट लिग चरणमा नै निकै रोमाञ्चक बनेको थियो। सुदूरपश्चिमपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतिक्षाको खेल हुन्छ। दबदबा बनाउँदै छाप छोडेका यी दुई टिमको भेट लिग चरणमा…
Read More
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बिहिबारबाट सुरु भएको  दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम शुक्रबार सम्पन्न भएको छ । समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न भएको हो । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द दिदी फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरिएको हो । तालिममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाण पत्र…
Read More