Badapatra Online

Breaking News 1

सिन्धुलीमा दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या

सिन्धुलीमा दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हिडेका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । दुई मध्ये एक जनाको धारीलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो मधुगंगा महादेव मन्दिर नजिकै लामिडाँडामा तीर्थयात्रीबीच विवाद भई झडप हुँदा अन्दाजी ३० वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डिएसपी) सूर्य प्रकाश सुवेदीको भनाई छ । मृतक पुरुषको पहिचाना खुल्न सकेको छैन् । तर, प्रारम्भीक अनुशन्धान अनुसार मृतक दुधौली नगरपालिका सिन्धुलीकै भएको बुझिएको सुवेदीको भनाई छ । ‘लामिडाँडामा १० भन्दा धेरै तीर्थयात्रीबीच विवाद हुँदा झडप भएको थियो । उक्त झगडाका क्रममा…
Read More
एनआरएनए अस्ट्रेलिया ICC सदस्य निर्वाचन २०२५ मा सन्तोष दाहालको उमेदवारी

एनआरएनए अस्ट्रेलिया ICC सदस्य निर्वाचन २०२५ मा सन्तोष दाहालको उमेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ । अस्ट्रेलियाका समाजसेवी दाहालले सन् २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ । ‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु…
Read More
सिन्धुलीका निजी विद्यालयका बस चालकहरूलाई ट्राफिक सचेतना

सिन्धुलीका निजी विद्यालयका बस चालकहरूलाई ट्राफिक सचेतना

सिन्धुली । सिन्धुलीका निजि तथा आवासीय विद्यालयहरुका बसका चालक तथा सह चालकहरुका लागि ट्राफिक नियम तथा लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय महासंघ (नेशनल प्याब्सन) सिन्धुलीले यस्तो कार्यक्रमको आयोजना गरेको हो । विद्यालय बसका चालक तथा सहचालकहरू विद्यालय र विद्यार्थीको भविष्यसंग जोडिने र उनिहरुको सुरक्षामा जिम्मेवार बन्ने भएपछि उनिहरुलाई ट्राफिक नियम तथा लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रमको आयोजना गरिएको नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युले जानकारी दिए । जिल्लाका विभिन्न विद्यालयका ४० बढी चालक र सहचालक सहभागि उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख…
Read More
बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न

बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न

सिन्धुली । स्थानीय सरकार, बालबालिका, लाभग्राही तथा सरोकारवालाहरुसंग बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सिड्स नेपाल र रिलीफ नेपालसँगको सहकार्यमा सिन्धुलीका विभिन्न स्थानीय तहहरूमा बाल समृद्धि सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रमा बुधबार सम्पन्न भएको हो । २०२१ देखि २०२५ सम्मको रणनीतिक चक्र समाप्ति नजिकिएको अवस्थामा नयाँ रणनीतिक चक्रको तयारीस्वरूप, विगत दुई सातादेखि गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिकामा बालबालिका सम्बन्धी मुद्दा पहिचान तथा आवश्यक कार्यक्रम तय गर्न सरोकारवाला, लाभग्राही तथा समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा समुदायस्तरमै समुह बनाई बालबालिकाको क्षेत्रमा देखिएका प्रमुख समस्याहरूको पहिचान गरिएको थियो ।…
Read More
विद्यालयमा प्रविधि छ, चलाउने दक्षता छैन !

विद्यालयमा प्रविधि छ, चलाउने दक्षता छैन !

सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली  । ‘माल पाएर चाल नपाएको’ भने जस्तै यहाँको एउटा विद्यालयमा दक्ष जनशक्ती नहुँदा कम्प्युटर शिक्षा संचालन हुन सकेको छैन् । सिन्धुलीको कमलामाई नगरपालिका १ स्थित शंखरेश्वर मावि मरिण बेल्टारमा कम्प्युटर भएपनि चालाउन जान्ने दक्ष जनशक्ती नहुँदा प्रयोगमा आउन सकेको छैन् । दक्ष जनशक्ती नहुँदा नेपाली उखान ‘माल पाएर चाल नपाएको’ भने जस्तै विद्यालयमा कम्प्युटर शिक्षा संचालनमा आउन नसकेको हो । विद्यालयहरुलाई प्रविधि युक्त बनाउने सरकारको नीति भएपनि प्रविधि संगै दक्ष जनशक्तीको व्यवस्थापन हुन नसक्दा यस्तो समस्या हुने गरेको हो । जिल्ला सदरमुका नजीकै रहेको विद्यालयमा पनि कम्प्युटर सम्बन्धी सिप जानेको दक्ष जनशक्ती नहुँनु दुःखको कुरा…
Read More
सुनकोसी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

सुनकोसी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र थप वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटवालले मंगलबार सुचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत…
Read More
महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा

महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रम आयोजना गरी नमूना स्वास्थ्य संस्था प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्थामा छनोट भएको हो । एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरुमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको कार्यक्रममा जानकारी दिइयो । जनस्वास्थ्य कार्यालय प्रमुख विमल पटेलले हरिहरपुर गाउँपालिकाका प्रमुख वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो । त्यसअघि पटेलको नेतृत्वमा ९ वटा स्थानीय तहका शाखा प्रमुखहरुले स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । कार्यक्रम हरिहरपुरगढी ४…
Read More
अनियमितताबारे प्रअमाथी स्पष्टीकरण सोधिएपछि सुनकोसी गाउँपालिकामा तालाबन्दी

अनियमितताबारे प्रअमाथी स्पष्टीकरण सोधिएपछि सुनकोसी गाउँपालिकामा तालाबन्दी

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ मा रहेको एक माध्यमिक विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयमा  प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर गाउँपालिकामा दुई दिन देखी तालाबन्दी गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुनकोसी गाउँपालिका ३ स्थित प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका हुन् । उक्त विद्यालयका प्रअ चौलागाई माथी विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्धा दर्ता भएको थियो । सोही विषयलाई लिएर गाउँपालिकामा…
Read More
तिनपाटन १० लाई बागमती प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

तिनपाटन १० लाई बागमती प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

सिन्धुली  । सिन्धुलीको तिनपाटन गाउँपालिका १० को वडा कार्यालयलाई पोषणमैत्री वडा घोषणा गरिएको छ । शनिवार तिनपाटन गाउँपालिका १० का वडा अध्यक्ष पुण्यहरी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले उक्त वडालाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरेका हुन् । यस अघि विभिन्न १६ वटा सुचकहरु पुरा गर्दै उक्त वडाको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर काम गर्दै आएको गाउँपालिकाले थप ३४ वटा सूचकहरु पुरा गरी शनिवार वडालाई नै पोषणमैत्री वडा घोषणा गरेको हो । स्थानीय जनप्रतिनीधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, शिक्षक विद्यार्थीहरुको सहभागितामा बाजागाजा सहित धुमधामका साथ सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको…
Read More
गोलन्जोर गाउँपालिकाले ल्यायो ६२ करोड ५२ लाखको बजेट

गोलन्जोर गाउँपालिकाले ल्यायो ६२ करोड ५२ लाखको बजेट

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम गत शनिवार नै सार्वजनिक गरिसकेका छन् । अध्यक्ष बरालद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नै प्राथमिकताका आधारमा बजेट तयार पारिएको उपाध्यक्ष न्यौपानेको भनाई छ । बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा…
Read More