Badapatra Online

बागमती प्रदेश

सिन्धुलीमा दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या

सिन्धुलीमा दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हिडेका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । दुई मध्ये एक जनाको धारीलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो मधुगंगा महादेव मन्दिर नजिकै लामिडाँडामा तीर्थयात्रीबीच विवाद भई झडप हुँदा अन्दाजी ३० वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डिएसपी) सूर्य प्रकाश सुवेदीको भनाई छ । मृतक पुरुषको पहिचाना खुल्न सकेको छैन् । तर, प्रारम्भीक अनुशन्धान अनुसार मृतक दुधौली नगरपालिका सिन्धुलीकै भएको बुझिएको सुवेदीको भनाई छ । ‘लामिडाँडामा १० भन्दा धेरै तीर्थयात्रीबीच विवाद हुँदा झडप भएको थियो । उक्त झगडाका क्रममा…
Read More
सिन्धुलीमा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज

सिन्धुलीमा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज

समयमा योजना कार्यान्वयन गर्न नसक्दा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज ।संघिय सरकारको ३४ दशमलव ६४ प्रतिशत र बागमती प्रदेश सरकारको १७ दशमलव ३८ प्रतिसत बजेट खर्च हुन सकेन । बजेट फ्रिज हुनुमा बेलामा ठेक्का नलगाउँनु, कार्यालयका प्राविधिक जनशक्तिको अभाव, ठेकेदारको ढिलासुस्ती, स्थानीय विवाद, अनावश्यक ठाँउमा योजना हाल्नु, आर्थिक बर्षको अन्तिममा आएर बजेट आउनु जस्ता कारण ठेकेदारको ढिलासुस्तिका कारण सुनकोसी मरिण डाईभर्सन बहुउद्देश्यि आयोजनाको एक अर्ब ६१ करोड ९८ लाख ३७ हजार पूँजीगत बजेटमा एक अर्ब एक करोड नौ लाख २९ हजार मात्र खर्च भएर ५० करोड ८९ लाख ८ हजार रुपैयाँ फिर्ता सिन्धुली । कतिपय जिल्लाहरुमा आवश्यकता…
Read More
गोलन्जोरमा उद्योग वाणिज्य संघको शाखा गठन

गोलन्जोरमा उद्योग वाणिज्य संघको शाखा गठन

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघले गोलन्जोर गाउँपालिकामा नयाँ शाखा गठन गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघले गोलन्जोर गाउँपालिकामा आफ्नो आठौं नयाँ शाखा गठन गरेको हो । स्थानीय व्यावसायी रामकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय शाखा गठन गरिएको हो । शाखाको उपाध्यक्षहरुमा रामहरि बराल र तेजबहादुर थापा, सचिवमा ओमकुमार कार्की, सहसचिवमा नारायणकुमार श्रेष्ठ र कोषाध्यक्षमा नवराज श्रेष्ठलाई चयन गरिएको छ । यस्तै सरस्वती श्रेष्ठ, प्रकाश बाबु श्रेष्ठ, रविना बम्जन, सोमबहादुर राई, र चुडाराज सापकोटा लाई सदस्यका रूपमा चयन गरिएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले शाखा विस्तारबाट स्थानीय व्यवसायी र उद्यमीहरूलाई सहज पहुँच…
Read More
सिन्धुलीमा ६ जना चालक प्रहरी नियन्त्रणमा

सिन्धुलीमा ६ जना चालक प्रहरी नियन्त्रणमा

सिन्धुली  । सिन्धुलीमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षा प्रवद्र्धनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाइमा कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा आयोजित चेकजाँच तथा परीक्षणका क्रममा प्रहरीले ६ जना चालकहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुलीबाट महोत्तरीको बर्दिवास तर्फ जाँदै गरेका मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रकका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका वर्ष २८ का सन्तोष अछामी, जनकपुरबाट सिन्धुली तर्फ आउँदै गरेको बा ३ ख ४९८० नम्बरको बस चालक जनकपुर उपमहानगरपालिका २३ धनुषाका वर्ष ४७ को विजय कुमार ठाकुर, जनकपुरबाट उदयपुरको…
Read More
बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न

बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न

सिन्धुली । स्थानीय सरकार, बालबालिका, लाभग्राही तथा सरोकारवालाहरुसंग बाल सम्वृद्धि परामर्श तथा कार्यशाला सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सिड्स नेपाल र रिलीफ नेपालसँगको सहकार्यमा सिन्धुलीका विभिन्न स्थानीय तहहरूमा बाल समृद्धि सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रमा बुधबार सम्पन्न भएको हो । २०२१ देखि २०२५ सम्मको रणनीतिक चक्र समाप्ति नजिकिएको अवस्थामा नयाँ रणनीतिक चक्रको तयारीस्वरूप, विगत दुई सातादेखि गोलन्जोर, फिक्कल र तीनपाटन गाउँपालिकामा बालबालिका सम्बन्धी मुद्दा पहिचान तथा आवश्यक कार्यक्रम तय गर्न सरोकारवाला, लाभग्राही तथा समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा समुदायस्तरमै समुह बनाई बालबालिकाको क्षेत्रमा देखिएका प्रमुख समस्याहरूको पहिचान गरिएको थियो ।…
Read More
सामुदायिक विद्यालयमा कक्षा कोठाको अभाव

सामुदायिक विद्यालयमा कक्षा कोठाको अभाव

निशा सतशंकर (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा अझै पनि प्रयाप्त कक्षा कोठाको अभाव हुने गरेको पाइएको छ । विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरुमा कक्षा कोठा अभाव हुने गरेको पाइएको हो । सिन्धुलीको जिल्ला सदरमुकाम माढीमै रहेको जनज्योति मावि फोस्रेटारमा सुविधा सम्पन्न विद्यालय भवनहरु बनेपनि विद्यार्थी संख्याको तुलनामा कक्षा कोठा अपुग देखिएको छ । कमलामाई नगरपालिका ५ मा रहेको सो विद्यालयमा विद्यार्थी संख्या बढेपनि कक्षा कोठा अभाव हुँदा एउटै कक्षा कोठामा धेरै विद्यार्थी राख्नु पर्ने बाध्यता छ । विद्यार्थीहरु एउटै कोठामा साँधिएर बस्नु पर्दा असहज हुने गरेको गुनासो छ । धेरै विद्यार्थी एउटै कक्षा कोठामा बस्न बाध्य हुँदा शिक्षण सिकाईमा…
Read More
सामुदायिक विद्यालयमा अझै पनि परम्परागत शिक्षणपद्धति

सामुदायिक विद्यालयमा अझै पनि परम्परागत शिक्षणपद्धति

सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली  । प्रविधिको विकाससंगै आम नागरीकले त्यसको उपयोग गर्न थालेका छन् । प्रविधिको प्रयोग र दक्षताले हरेक काममा सहजता आउने गरेको छ । तर, त्यसको उपयोग गर्न नजान्दा भने सिन्धुलीका सामुदायिक विद्यालयमा परम्परागत शिक्षण पद्धती नै अपनाउने गरेको पाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित कमला मावि करकरेमा अझैपनि परम्परागत शिक्षण पद्धतीनै अपनाउने गरेको पाइएको हो । पछिल्लो समय नीजि होस वा सामुदायिक विद्यालय प्रायः सबैले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर लाभ लिने गरेका छन् । प्लान नेपालसंगको साझेदारीमा ह्याण्ड्स नेपालले संचालन गरेको (स्लास) परियोजना अन्तरगत लक्षित समुहसंगको छलफलमा सो विद्यालयमा भने अझै पनि…
Read More
विद्यालयमा प्रविधि छ, चलाउने दक्षता छैन !

विद्यालयमा प्रविधि छ, चलाउने दक्षता छैन !

सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली  । ‘माल पाएर चाल नपाएको’ भने जस्तै यहाँको एउटा विद्यालयमा दक्ष जनशक्ती नहुँदा कम्प्युटर शिक्षा संचालन हुन सकेको छैन् । सिन्धुलीको कमलामाई नगरपालिका १ स्थित शंखरेश्वर मावि मरिण बेल्टारमा कम्प्युटर भएपनि चालाउन जान्ने दक्ष जनशक्ती नहुँदा प्रयोगमा आउन सकेको छैन् । दक्ष जनशक्ती नहुँदा नेपाली उखान ‘माल पाएर चाल नपाएको’ भने जस्तै विद्यालयमा कम्प्युटर शिक्षा संचालनमा आउन नसकेको हो । विद्यालयहरुलाई प्रविधि युक्त बनाउने सरकारको नीति भएपनि प्रविधि संगै दक्ष जनशक्तीको व्यवस्थापन हुन नसक्दा यस्तो समस्या हुने गरेको हो । जिल्ला सदरमुका नजीकै रहेको विद्यालयमा पनि कम्प्युटर सम्बन्धी सिप जानेको दक्ष जनशक्ती नहुँनु दुःखको कुरा…
Read More
सुनकोसी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

सुनकोसी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र थप वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटवालले मंगलबार सुचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत…
Read More
कनपा ११ कुलोखोलाका थापा मृत फेला

कनपा ११ कुलोखोलाका थापा मृत फेला

सिन्धुली  । पाँच दिन अघि हराएका भनिएका कमलामाई नगरपालिका ११ कुलोखोलाका प्रदिप राज थापा मृत अवस्थामा फेला परेका छन् । उनको शव मंगलबार कमलामाई नगरपालिका २ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहिबारबाट बेपत्ता भएका थिए । बीपी राजमार्गबाट फिट तल तत्काल नाम थर वतन नखुलेको अवस्थामा पुरुष ब्यक्ती मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुँना साथ उक्त घटना स्थलमा प्रहरी चौकी गढीबाट प्रहरी टोली खटी गई घटना स्थल सुरक्षीत राखी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको…
Read More