सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ । गाउँपालिकाले समाज डेण्टल हस्पिटल काठमाण्डौंसंगको सहकार्यमा तिन दिने निशुल्क दन्त शिविरको आयोजना गरेको हो । शिविरमा स्थानीय १ हजार १ सय ६७ जनाको दाँत तथा दन्तसम्बन्धी रोगको परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकबहादुर नेगीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापामगरको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा स्थानीयको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत बनाउँने, झिक्ने र नयाँ दाँत हाल्नुका साथै अन्य औषधीजन्य सामाग्री वितरण गरिएको थियो । तिनपाटन गाउँपालिका ११ स्थित…
सिन्धुली : सिन्धुलीमा आयोजित अन्तर विद्यालय स्तिरीय क्रिकेट प्रतियोगिताको उपाधि भगवती माविको क्रिकेट क्लवले जितेकोछ । कमलामाई नगरपालिका ६ सिन्धुलीमा रहेको भगवती आवाशिय माविमा रहेको भगवती बाल क्लव द्धारा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा भगवती माविले उपाधि जितेको हो । भगवती बाल क्लवका संरक्षक तथा भगवती माविका प्रिन्शिपल कृष्ण कुमार उप्रेतीका अनुसार प्रतियोगितामा जनज्योति मावि फोस्रेटार उपविजेता बनेको छ । जिल्लाका विभिन्न ८ वटा विद्यालय सहभागि रहेको प्रतियोगिताका विजेताले १२ हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै उपविजेताले ६ हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । वेष्ट प्लेयरको उपाधि पनि भगवती…
सिन्धुली : ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट सुरु भएको छ । जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ को तोस्रामखोलाबाट एक कार्यक्रमका विच उक्त अभियानको सुरुवात गरिएको हो । उक्त वडाका वडा अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ को प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ । गाउँपालिकाका महिला बालबालिका…
सिन्धुली : सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो । गाउँपालिका र केयुविच गत भदौमा भएको सम्झौंता अनुसार केयुले सामेबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो । केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, ई. मानस…
सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो । गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो । कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ विषय अघि सार्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। आइतबार बसेको बैठकले ६ विषय अघि सार्दै मंसिर ८ गतेदेखि दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो। रास्वपाले विद्यमान फौजदारी कानुन तथा संरचनागत प्रणाली सुधार र परिमार्जन गर्न माग गरेको छ। राजनीतिक प्रतिशोध तत्काल बन्द गर्न र विषयवस्तु प्रकृति र गाम्भीर्यताका आधारमा हिरासत बाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त कानुनी आधार हुँदाहुँदै पनि कैयौं व्यक्तिहरू हिरासतभित्र राखेको रास्वपाको आरोप छ। ुसंसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रा।लि। मा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि…
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतका सूचना अधिकरी मेलिश बाँस्कोटाले यसको पुष्टि गरेका छन्। यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्। प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान…
काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से दुई हजार सात सय ८७ विन्दुमा पुगेको थियो । आज बैंक, फाइनान्स, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ…
काठमाण्डौ – यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ । धेरैको चासो रहेको काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा। डा। शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ । यस्तै कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।…
रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ । यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको…