सिन्धुली । सिन्धुलीमा जंगली भालुले आक्रमण गर्दा एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका १ कात्तिकेका ७२ वर्षिय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार छिमेकिको बाख्रा जंगलमा हराएपछि खोज्न जानेक्रममा घिसिङलाई मरिण गाउँपालिका १ कात्तिके स्थित सिम्ले खोल्सीमा भालुले आक्रमण गरेको थियो । घिसिङसहित ७÷८ जनाको समुह हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण उनको घटना स्थलमै मृत्यु भएको हो । घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा भालुले एक्कासी आक्रमण गर्दा घिसिङको गर्धनको हड्डि र हातको नाडि भाचिएको थियो । उनको शवको…
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर आज बिहान स्वदेश फर्किनुभएको छ । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुखलगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो । कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।
काठमाण्डौ – लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो । निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक…
जलवायु सम्मेलनमा वन मन्त्रालयले बढी कर्मचारी पठाएको भन्दै असन्तुष्टि काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गर्नुभयो । उहाँले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्नेगरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो । उहाँले अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको…
काठमाडौँ । ललितपुरमा बंगुररसुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुररसंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो । कार्त्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ । बंगुररसुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो। नयाँ मूल्य राति १२ बजेबाट लागू हुने छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा २ रुपैयाँ ५४ रुपैयाँले बढेर आएको छ।
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाल टेलिकमको टावर निर्माणका लागि आवश्यक प्रकृया थालिएको छ । हरिहरपुरगढी गाउँपालिकाको पहलमा नेपाल टेलिकम (दुरसंचार कम्पनी लिमिटेड) वायरलेस सेवा निर्देशनालयले फारजी सहितको सेवाका लागि टावर निर्माण कार्य थालेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा रुफटप विटिएस टावर निर्माणका लागि हरिहरपुरगढी स्वास्थ्य चौकीको छत प्रयोग गर्ने गरी सम्झौता समेत भएको छ । टवर निर्माणका लागि सम्झौंता गर्न दुरसंचार कम्पनी लिमिटेड वायरलेस सेवा निर्देशनालयका ईन्जिनियर सुर्वण बस्ताकोटी, प्राविधिक अधिकृत बिष्णु भण्डारी, सहायक प्रशासकीय अधिकृत पुष्पराज गुरागाँई गाउँपालिकामै आउनु भएको थियो । ‘वडा नम्बर १ मा टवर निर्माणको लागि…
सिन्धुली । मकवानपुरको बकैया गाउँपालिका ३ स्थित बुद्ध मावीका प्रधानाध्यापक प्रेम बम्जन माथी गोली प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका ७ तुफानपुर बस्ने कन्चन ठाकुरका छोरा वर्ष ३० का प्रमानन्द भन्ने विजनन्द ठाकुर रहेका छन् । बागमती गाउँपालिका १ बोटगाउँ घर भएका वर्ष ४० का बम्जनलाई गत आइतबार झाप्सेमा अज्ञात समुहले गोलि प्रहार गरेर फरार भएका थिए । उनिहरु मध्ये ठाकुरलाई बागमती नगरपालिका १२ बथानेटोल सर्लाहीबाट प्रहरी टोलिले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए । ‘सर्लाही जिल्लाबाट सिन्धुली हुँदै मकवानपुर जिल्ला तर्फ मोटरसाइकलमा जाँदै…
सिन्धुली । गत असोज १२ गते रोशी र सुनकोशी नदिमा आएको बाढीले बगाउँदा ध्वस्त भएको सामुदायिक विद्यालय भवन पुनर्निर्माण थालिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले वडा नम्बर ३ मुर्किवेसी स्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालेको हो । सुनकोशी नदिमा आएको बाढीले पुरेर ध्वस्त बनाएको डेढ महिनामै बुधबार उक्त विद्यालय भवन पुनर्निर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए । बाढीले भवनमा क्षेती पु¥याएपछि विद्यालयको पठनपाठननै अबरुद्ध थियो । बाढीले विद्यालयको सबै संरचनामा क्षेती पुगेपछि दातृ निकाय ब्याक टु लाईफ ई.भी. जर्मनीको सहयोगमा विद्यालयको पुरै संरचना नयाँ निर्माण थालिएको हो । आगामी छ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी बुधबार एक…