Badapatra Online

हाम्रा जनप्रतिनिधि

कमलामाई नगरपालिकाको बजेट १ अर्ब २९ करोड

कमलामाई नगरपालिकाको बजेट १ अर्ब २९ करोड

सिन्धुली  । सिन्धुलीको कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरिएको छ । मंगलबार १६ औं नगरसभा अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नीति तथा कार्यक्रम र उपप्रमुख मञ्जु देवकोटाले बजेट सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पोखरेलले ‘प्रदेशको ज्ञान, कमलामाईमा योगदान’ भन्ने मूल नारालाई आत्मसात गर्दै बजेट र कार्यक्रमहरू तयार गरिएको बताए । उनले विदेशबाट फर्केका युवाहरूलाई लक्षित गर्दै कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको जानकारी दिए । ‘कमलामाईलाई समुन्नत, सुरक्षित र समावेशी नगर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो ।…
Read More
मरिण गाउँपालिकाको बजेट ७६ करोड १३ लाख

मरिण गाउँपालिकाको बजेट ७६ करोड १३ लाख

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख छ । ‘बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै त्यसको उचित…
Read More
हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै ल्यायो ६१ कारोडको बजेट

हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै ल्यायो ६१ कारोडको बजेट

सिन्धुली । सिन्धुलीको हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै आगामी बर्षको लागी बजेट ल्याएको छ । गाउँपालिकाले सोमबार २१ औं गाउँ सभाको प्रथम बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागी नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेखबहादुर थिङले आगामी आर्थिक वर्षका लागि ६१ कारोड १३ लाख लाख ५५ हजार ९ सय ३७ रुपैयाँका बराबरको बजेट सार्वजनिक गरेका हुन् । गाउँ सभामा अध्यक्ष वाइबाले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा…
Read More
गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न, २ हजार चारसय बढी सेवा प्रवाह

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न, २ हजार चारसय बढी सेवा प्रवाह

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ । गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ । बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका…
Read More
बुधबारबाट गोलन्जोरका सबै वडामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई हुँदै

बुधबारबाट गोलन्जोरका सबै वडामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई हुँदै

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले बताउँनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलमो सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहरण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई तथा एककिृत घुम्ती शिविरको आयोजना गरिएको हो…
Read More
गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख जरिवाना

गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख जरिवाना

परासी : लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दीपक० लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो। कसूर ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो। उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताए। अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद…
Read More
गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बाढी पीडितले बल्ल राहात पाएका छन् । गत असोज ११ र १२ गते रोसी र सुनकोसी नदीमा आएको बाढीका कारण घरबार बिहिन भएका पीडितहरुलाई गोलन्जोर गाउँपालिकाले प्लान नेपालको सहकार्यमा मंगलबार राहात सामाग्री प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ७, ६, ४ र ३ नम्बर वडाका १ सय २८ जना बाढी पहिरो पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, स्वास्थ्य सामाग्री, लागयतका राहात सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो पीडितहरुलाई जनही २५ हजार रुपैयाँ बारबरको राहत प्याकेज वितरण गरिएको छ । राहत वितरणमा गाउँपालिकाका अध्यक्ष शंकर राज…
Read More
गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एकैपटक १४ वटा क्लवलाई खेलकुद सामाग्री वितरण गरेको छ । युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउँनका लागि गाउँपालिकाको उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत आइतबार क्लवहरुलाई खेलकुद सामाग्री तिवरण गरिएको हो । गोलन्जोर गाउँपालिका ४ का १४ वटा क्लवहरुलाई २ सय २० थान जर्सी, फुटवल लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । ‘पालिकाका युवाहरुलाई खेलकुदका माध्ययमबाट पालिकाका युवाहरुलाई स्वास्थ्य र राष्ट्रका हितमा परिचालन गर्न उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेर प्रति क्लव १५ सेट जर्सी, फुटबल लगायतका खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो,’ न्यौपानेले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष…
Read More
न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन हरिहरपुरगढी गाउँपालिकाको आग्रह (सूचना सहित)

न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन हरिहरपुरगढी गाउँपालिकाको आग्रह (सूचना सहित)

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुलाई न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाद्धारा सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन आग्रह गरिएको हो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराकाअनुसार रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन सकिने छ । रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बन्चित बेरोजगार व्यक्तिहरुलाई प्रदान गरिने न्यूनतम सय दिन…
Read More
हरिहरपुरगढीमा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु

हरिहरपुरगढीमा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा डि.आर. परामर्श सेवा , मिथिला नगरपालिका ११ धनुषाको प्राविधिक सहयोगमा संस्थागत क्षमता विकास योजना तर्जुमा सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको हो । मंगलबारसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीको उद्घाटन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो । कार्यशालमा वडा अध्यक्ष तथा पालिकाका विषयगत कर्मचारीहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Read More