Badapatra Online

आज हहिरपुरगढी गाउँपालिकामा सार्वजनिक विदा

आज हहिरपुरगढी गाउँपालिकामा सार्वजनिक विदा

आज हहिरपुरगढी गाउँपालिकामा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक सूचना जारी गर्दै राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको उपलक्ष्यमा असोज ५ गते आइबार गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा विक्तिय संस्थाहरु र अन्य सार्वजनिक संघ÷संस्थाहरुमा स्थानीय विदा दिइएको उल्लेख छ । साथै अध्यक्ष वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहनु भएका सम्पूर्ण राई समुदायलाई आउताबाबु औंसी पर्बको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आदिवासी तथा जनजाती राई समुदायको उल्लेख्य रुपमा बसोबास…
Read More
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको भवन शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको भवन शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ । ब्याक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो । गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले…
Read More
जेनजी पुस्ताको आन्दोलन : सिन्धुलीका एकको मृत्यु, दुईजना घाइते

जेनजी पुस्ताको आन्दोलन : सिन्धुलीका एकको मृत्यु, दुईजना घाइते

सिन्धुली । जेनजी पुस्ताले सोमबार काठमाण्डौंमा गरेको आन्दोलनका क्रममा सिन्धुलीका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काठमाण्डौंमा भएको आन्दोलनमा सरकारले क्रुर दमन गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका १ च्याकुटारका उमेश न्यौपानेका छोरा रोशन न्यौपानेको मृत्यु भएको हो । उनको आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएको गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोम प्रसाद बरालले जानकारी दिए । यस्तै आन्दोलनका क्रममा प्रहरीको गोली लागी सिन्धुलीका नविन तामाङ र मदन कार्की घाइते भएका छन् । उनिहरुको उपचार भईरहेको छ । सरकार विरुद्धको आन्दोलनमा रोशन न्यौपानेको मृत्यु भएको खबरसंगै सिन्धुलीको सिंगो गोलन्जोर गाउँपालिका शोकमा डुबेको छ ।…
Read More
मंगलबार सिन्धुलीका शैक्षिक संस्थामा बिदा

मंगलबार सिन्धुलीका शैक्षिक संस्थामा बिदा

सिन्धुली । जेनजी पुस्ताको आन्दोलनको कारण सिन्धुलीका शैक्षिक संस्थामा बिदा दिइएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको र सयों घाइते भएको भन्दै जिल्लाका शैक्षिक संस्थाहरुले मंगलबार शोक विदा दिने निर्णय गरेका हुन् । जिल्लाको मरिण र सुनकोसी गाउँपालिका अन्तरगतका सामुदायिक तथा निजी सबै विद्यालयहरुका साथै अन्य पालिकाका निजी विद्यालयहरु मंगलबार विदा दिने निर्णय भएको हो । मरिण र सुनकोसी गाउँपालिकाले शोक विदा दिने निर्णय गरेका हुन् भने नजी विद्यालयहरु पनि सूचना जारी गर्दै शोक विदा दिने निर्णय गरिएको एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा भगवती अंग्रेजी स्कुलका अध्यक्ष कृष्ण कुमार उप्रेतीले जानकारी दिए । जिल्लामा…
Read More
जेनजी आन्दोलन : सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा मंगलबार शोक विदा

जेनजी आन्दोलन : सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा मंगलबार शोक विदा

सिन्धुली । देशमा भ्रष्टाचार, सुशासन र सामाजिक संजालमाथी लगाइएको प्रतिबन्धका विरुद्ध जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाहरु प्रति शोक व्यक्त गर्दै सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकाले मंगलबार शोक वदा दिएका छन् । आन्दोलनमा १९ जनाको मृत्यु र सयौं घाईते भएपछि मरिण गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंगलबार पालिकाभरका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले एक विज्ञप्ती जारी गर्दै मृतक प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । विज्ञप्तीमा सूचनामा युवाहरुको आवाजलाई राज्यले सुन्ने र अनुकुल वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेको छ । यस्तै सुनकोसी गाउँपालिकाका निमिक्त प्रमुख…
Read More
सुनकोसी नदिमा वेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

सुनकोसी नदिमा वेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

सिन्धुली । दुई दिनदेखि सुनकोसी नदिमा वेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बलेनीघाट स्थित पवन मग्रातीका छोरा वर्ष १४ का प्रख्यात मग्रातीको शव शनिवार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदिमा वेपत्ता भएका थिए । उनी वेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबार देखिनै खोजतलास सुरु गरेको थियो । विपद व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरिक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको ९ जना गोताखोर सहितको टोलीले शनिवार बिहान घटना स्थलभन्दा करीव १५ मिटर तल २०…
Read More
चारदिनदेखि हराइरहेका सिन्धुलीका थिङ मृत भेटिए

चारदिनदेखि हराइरहेका सिन्धुलीका थिङ मृत भेटिए

सिन्धुली । विगत चार दिनदेखि हराइरहेका सिन्धुलीको घ्याङलेख गाउँपालिका २ सातदोबाटो अँधेरीका ५६ वर्षीय बुद्धिमान थिङ (मुङ्ग्रे) मृत भेटिएका छन् । घ्याङलेख गाउँपालिका २ का वडा अध्यक्ष रोशन कुमार भ्लोनका अनुसार थिङको आफ्नै घरबाट करिव २ सय मिटर माथी रुखमा झुण्डीएको अवस्थामा शव फेला परेको हो । गत साउन २५ गते सोही स्थानमा स्थानीय सञ्चमाया वाइबाको रहस्यमय तरिकाले शव फेला परेको थियो । वाइबा आफ्नी दिदिको घरबाट २० हजार रुपैयाँ पैसा सापट लिएर घर फर्कदै गर्दा हाराएकी थिन् । पछि उनको शव फेला पर्दा उक्त पैसा र उनको साथमा भएको मोवाइल समेत गाएव भएको थियो । सोही घटनालाई लिएर प्रहरी…
Read More
सिन्धुलीमा छोराले गरे आफ्नै आमाको हत्या

सिन्धुलीमा छोराले गरे आफ्नै आमाको हत्या

सिन्धुली । सिन्धुलीमा आफ्नै छोराले आमाको हत्या गरेका छन् । घरायसी विवाद हुँदा सिन्धुलीको दुधौली नगरपालिका १४ भौडी बस्ने ६५ वर्षकी फालकुमारी सुनुवारको हत्या गरिएको हो । उनलाई आइतबार छोरा वर्ष ४० का तुलाराज सुनुवारले फलामको खन्ति प्रहार गरेर फालकुमारीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार तुलाराजले आमा फालकुमारीको टाउँको र छातीमा खन्ति प्रहार गरेका थिए । उनको घटना स्थलमै मृत्यु भएको हो । घरायसी विषयमा विवाद हुँदा आमाको अत्या गरी प्रहर भएको अवस्थामा प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोली र स्थानीयले आमाको हत्या गर्ने छोरा तुलाराजलाई नियन्त्रणमा लिएका…
Read More
पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु

पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु भएको छ । आइतबार स्थानिय रबिन रम्तेलको छोरी २ वर्षकी प्रिन्सिका रम्तेलको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार बालिका खेल्ने क्रममा पानीमा डुबेकी थिन् । घटना लगत्तै प्रहरी चौकी ग्वाल्टारका प्रहरी सहायक निरिक्षक बल बहादुर माझी र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा गएको टोली प्रारम्भिक अनुसन्धान गरि बालिकाको पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको बताइएको छ ।
Read More
चियाबारी–खुर्कोट सुरुङ निर्माण अघि बढाउन सांसद दाहालको नेतृत्वमा सरकारको ध्यानकर्षण

चियाबारी–खुर्कोट सुरुङ निर्माण अघि बढाउन सांसद दाहालको नेतृत्वमा सरकारको ध्यानकर्षण

सिन्धुली  । बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अन्तरगत पर्ने चियाबारी–खुर्कोट सुरुङ निर्माण कार्य छिटो अघि बढाउन सांसदहरुले माग गरेका छन् । शनिवार सिन्धुली क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को नेतृत्वमा संघिय संसदका ७२ जना संस्दहरुले संयुक्त रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानकर्षण गराएका हुन् । सांसदहरुले बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्डको ३२ किलोमिटर साँघुरो र घुम्ती भएका कारण दुर्घटना हुँदा मानविय तथा भौतिक क्षेती हुनेक्रम बढ्दै गएको भन्दै तत्काल चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्नु पर्ने माग गरेका छन् । चियाबारी–खुर्कोट सुरुङ निर्माणका लागि यस अघिनै डिपिआर निर्माण सम्पन्न गरिसकिएको भएपनि सरकारले व्यवास्था गरेको भन्दै तत्काल रकमको…
Read More