Badapatra Online

मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान’ भन्ने नाराको साथ सिन्धुलीको मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । बिहिबार मरिण गाउँपालिका ७ स्थित खेलकुद रंगशालामा प्रतियोगिताको उद्घाटन गरिएको हो । निवर्तमान प्रतिनिधि सभा सदस्य राजन दाहालले प्रतियोगिताको उद्घाटन गर्दै खेलक्षेत्रको विकासले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा समेत मजबुत बन्ने बताए । ‘यस्ता प्रतियोगिताहरुले व्यक्तिको वृद्धि विकास संगै पालिका, जिल्ला र राष्ट्रकै इज्जत र शानलाई उच्च राख्न सहयोग पुग्दछ । यस प्रतियोगितामा कसैले जित्ने…
Read More
बैंकबाट लुटिएको मध्ये १ करोढ ८९ लाख नगद सहित गाडी र चालक नियन्त्रणमा

बैंकबाट लुटिएको मध्ये १ करोढ ८९ लाख नगद सहित गाडी र चालक नियन्त्रणमा

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटार बस्तिपुरमा मंगलबार राति एस बि आइ बैंक शाखा लुटपाट भएको छ । हतियार सहित आएको समुहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार राति करिव ८ ः४० मा बैंकमा हतियार सहित प्रवेश गरेको समुहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटी फरार भएका थिए । प्रहरी प्रमुख (एसपी) सुवेदीका अनुसार घटना लगत्तै प्रहरीको टोली परिचालन गरि खोजतालास गर्ने क्रममा १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ जंगलमा फेलापारी बरामद गरिएको…
Read More
सिन्धुलीमा बैंकबाट ३ करोड १० लाख बढी लुटियो

टंकमायाको हत्यामा आफ्नै भतिजको संलग्नता, दुई जना पक्राउ

टंकमायाको हत्यामा आफ्नै भतिजको संलग्नता, दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका ३ राम्चे कोलबोटेकी ५३ वर्षिय टंकमाया बुढाथोकीको हत्या आफ्नै भतिजको संलग्नतामा भएको पुष्टि भएको छ । तीनपाटन गाउँपालिका ३ राम्चेमै बस्ने वर्ष ३० को दिपक भन्ने शान्ती बहादुर बुढाथोकी र छिमेकी वर्ष २९ को सम्पत भन्ने चुक्त बहादुर कटुवालले टंकमायाँको हत्यागरेको खुल्न आएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । शान्ती बहादुर बुढाथोकी मृतक टंकमायाँको नातामा भतिज हुन् । उनि यस अघि २०७३ सालमा चोरी कसुरमा समेत दोषी ठहर भई एक वर्ष कैद सजाय भुक्तान गरी छुटेको प्रहरीको अभिलेखमा उल्लेख छ । टंकमायाँको हत्यामा संलग्न दुबैजनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।…
Read More
बैंकिङ कसुर मुद्दामा दुधौलीका अनिल महतो पक्राउ

बैंकिङ कसुर मुद्दामा दुधौलीका अनिल महतो पक्राउ

सिन्धुली । बैंकिङ कसुर मुद्दामा वारदात पश्चात फरार रहेका एकजना प्रतिबादीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीका प्रहरी नीरिक्षक सपना खड्काको कमाण्डमा खटिएको गस्ती टोलिले दुधौली नगरपालिका ९ का वर्ष ४० का अनिल महतोलाई पक्राउ गरेको हो । उनलाई दुधौली नगरपालिका ४ डकाहा बजारमा लुकिछिपि हिडिरहेको अबस्थामा पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । आइतबार दिउँसो पक्राउ परेका महतोलाई आबश्यक कार्बाहिको लागी प्रहरी सहायक हवल्दार राम स्नेहि यादबको कमाण्डमा २ जना टोलिले आइतबार नै जिल्ला अदालत सिन्धुली उपस्थित गराएको सुवेदीको भनाई छ । महतो विरुद्ध जिल्ला अदालत सिन्धुलीले गत कात्तिक ३० गते…
Read More
मरिण गाउँपालिकाद्धारा अनाथ बालबालिकालाई न्यानो पोशाक वितरण

मरिण गाउँपालिकाद्धारा अनाथ बालबालिकालाई न्यानो पोशाक वितरण

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरेको छ । मरिण गाउँपालिका ४ स्थित श्री मावि मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात)ले विद्यालयमा अध्ययनरत १७ जना अनाथ बालबालिका र १० जना विपन्न बालबालिका गरि २७ जनालाई न्यानो पोशाक (ट्याकशुट) वितरण गरेका हुन् । केही दिनदेखि अत्याधिक चिसोबढेसंगै बालबालिकाहरु विरामी पर्न थालेपछि गाउँपालिकाका अध्यक्ष मोक्तानको सक्रियतामा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको उक्त विद्यालयका प्रधानध्यापक मानध्वज बम्जनले बताए । बालबालिकाहरुलाई एक÷एक सेट ट्रयाकसुट वितरण गरिएको छ । विद्यालयमा १७ जना अविभावक…
Read More
सिन्धुलीको बन्दिपुरका तामाङको गोली लागी मृत्यु

सिन्धुलीको बन्दिपुरका तामाङको गोली लागी मृत्यु

सिन्धुली । सिन्धुलीमा एक जना पुरुषको गोली लागी मृत्यु भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका ५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा वर्ष २२ का आशमान तामाङको गोली लागी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब ३ किमि दक्षिणमा रहेको सिन्धुलीको घ्याङलेख गाउँपालिका १ पिउरी खोलाको जङ्गलमा उत्तानो परी नाईटोबाट रगत बगी मृत अवस्थामा फेला परिएको थियो । घट्नाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक आशमान तामाङको पेटको भागमा गोली लागेको अवस्थामा रहेको, मृतकको लाश नजिक एक थान भरुवा बन्दुक बिच भागमा भाँचिएको अवस्थामा फेला परेको र मृतकले भिरेको अवस्थामा रहेकोले उनको गोली…
Read More
सिन्धुलीमा कर्फ्यू आदेश जारी (आदेश सहित)

सिन्धुलीमा कर्फ्यू आदेश जारी (आदेश सहित)

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीमा बिहिबार कफ्र्यु आदेश जारी गरेको छ । बिहिबार बेलुका साँडे ८ बजेबाट शुक्रबार बिहान ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय पाँच दिनदेखि आक्रोसित बनेपछि स्थिती नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेकी हुन् । सुशीलाको हत्या भएको घटनालाई लिएर स्थानियबासीबाट ढुङ्गमुढा प्रहार तथा हुलदंगा लगायतका…
Read More
पाँचौँ मरिण महोत्सवको गाउँपालिका अध्यक्ष मोक्तानद्धारा उद्धघाटन

पाँचौँ मरिण महोत्सवको गाउँपालिका अध्यक्ष मोक्तानद्धारा उद्धघाटन

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा बुधबारबाट पाँचौं मरिण महोत्सव सुरु भएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिंज्य संघ मरिण शाखाको आयोजनामा महोत्सव सुरु भएको हो । कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटन मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले भव्य कार्यक्रमका विच गरेका हुन् । महोत्सव उद्घाटन गर्दै अध्यक्ष मोक्तानले महोत्सवमा एउटा उत्सव मात्र नभएर हाम्रो पहिचान, परम्परा, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन सम्भावनाको उत्सव भएको बताए । उनले भने, महोत्सवले मरिणको स्थानीय उत्पादन, कृषि तथा पर्यटनको प्रचुर प्रचार प्रसारमा सहयोग गर्ने छ । यसले स्थानीय सांस्कृतिक…
Read More
गोलन्जोरमा निःशुल्क स्वास्थ्य शिविर मार्फत ६०१ जनालाई विशेषज्ञ सेवा

गोलन्जोरमा निःशुल्क स्वास्थ्य शिविर मार्फत ६०१ जनालाई विशेषज्ञ सेवा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ६०१ जनाले विशेषज्ञ सेवा लिएका छन् । गोलन्जोर गाउँपालिकाको आयोजनामा तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र समुदाय पद्धति विकास सिन्धुलीको सहकार्यमा गोलन्जोर आधारभूत अस्पताल ग्वालटारमा सञ्चालित दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा ६ सय १ जनाले विशेषज्ञ सेवा लिएका हुन् । मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ स्त्री तथा प्रसूती रोग सेवा, भिडियो एक्सरे सेवा, छाला तथा यौन रोग सम्बन्धी उपचार सेवा, हाडजोर्नी तथा नासा रोग सम्बन्धी सेवा, रेडियोलोजी (एक्सरे) तथा जनरल सेवा लिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए…
Read More