Badapatra Online

प्रमुख समाचार

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

काठमाण्डौ – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर ९जीबी० राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन । यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११…
Read More
सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी ?

सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी ?

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल०को अब फाइनल खेलमात्रै बाँकी छ। फाइनलमा सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। यी दुई टिमको खेल एनपीएलमा तेस्रो पटक हुनेछ। लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले हरायो। यी दुई टिम शीर्ष २ हुँदै पुनः पहिलो क्वालिफायरमा भेट भए, त्यहाँ पनि सुदूरपश्चिमपश्चिमले ८ विकेटले जनकपुरलाई हरायो। यी दुई टिमको पहिलो सिजनको एनपीएलमा अन्तिम भेट हुँदैछ। लिग चरणमा अन्य टिममाथि आफ्नो दबदबा बनाउँदै यी दुई टिमको भेट लिग चरणमा नै निकै रोमाञ्चक बनेको थियो। सुदूरपश्चिमपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतिक्षाको खेल हुन्छ। दबदबा बनाउँदै छाप छोडेका यी दुई टिमको भेट लिग चरणमा…
Read More
मन्त्रीहरूको कार्यसम्पादनबाट प्रधानमन्त्री निरास

मन्त्रीहरूको कार्यसम्पादनबाट प्रधानमन्त्री निरास

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनबाट निरास बनेका छन्। आफू प्रधानमन्त्री भएको ५ महिना वितिसक्दा पनि सरकारले जनतामा आशा पैदा गर्न नसकेको भन्दै प्रधानमन्त्री निरास बनेका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले मन्त्रीहरूसँग पनि उल्लेख्य र जनताका पक्षमा काम हुन नसकेको भन्दै असन्तुष्टि पोखेका छन्। अपवादबाहेक कुनै पनि मन्त्रालयले देखिनेगरी परिणाम दिन नसकेको प्रधानमन्त्रीको भनाइ छ। ुबैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि पोख्नुभयो। सरकार बनेको ५ महिना वितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएको उहाँले बताउनुभयो। जनतामा आशा जगाउने काम नहुँदा उहाँ निरास देखिनुहुन्थ्यो,ु बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णसँग भने। प्रधानमन्त्री ओलीले जनताले महसुस गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रीहरूलाई…
Read More
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बिहिबारबाट सुरु भएको  दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम शुक्रबार सम्पन्न भएको छ । समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न भएको हो । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द दिदी फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरिएको हो । तालिममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाण पत्र…
Read More
नेकपा माओवादी केन्द्र फिक्कलको सम्मेलन पौष २० गते गरिदै

नेकपा माओवादी केन्द्र फिक्कलको सम्मेलन पौष २० गते गरिदै

सिन्धुली । नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाको पालिका सम्मेलन यही पौष २० गते गरिने भएको छ । शुक्रबार फिक्लल गाउँपालिकामा आयोजित नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) को प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले आगामी पौष १९ गतेसम्ममा वडाको बैठक सक्ने र पौष २० गते पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठ, बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सिन्धुली जिल्ला समन्वय संयोजक पानिराज…
Read More
नेकपा माओवादी केन्द्र हरिहरपुरगढीको सम्मेलन पौष १९ गते

नेकपा माओवादी केन्द्र हरिहरपुरगढीको सम्मेलन पौष १९ गते

सिन्धुली । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाको गाउँ सम्मेलन यही पौष १९ गते आयोजना गरिने भएको छ । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कारसाङ लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)को प्रमुख आतिथ्यातमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका ८ वटै वडामा यही पौष ९ गते देखि ११ गतेभित्र बैठक सम्पन्न गर्ने, १३ गते पार्टीको पालिका स्तरीय सचिवालय बैठक बस्ने र १९ गते पालिका सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञान बहादुर राईले जानकारी दिए । यस्तै…
Read More
गोलन्जोरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य तालिम

गोलन्जोरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य तालिम

सिन्धुली : समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको छ । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त तालिमको शुभारम्भ गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द डिडि फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरेको हो । महिला…
Read More
एमाले सिन्धुलीको चौथो पूर्ण बैठक दुधौलीमा सुरु

एमाले सिन्धुलीको चौथो पूर्ण बैठक दुधौलीमा सुरु

सिन्धुली । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीको चौथो पूर्ण बैठक जिल्लाको दुधौली नगरपालिकामा सुरु भएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । दुधौली नगरपालिका ९ स्थित सभा हलमा आयोजित बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश पहाडी, मनोजजंग थापा, कमलाजंग राई, विषमलाल अधिकारी, उमा कोइराला, सुवास देबकोटा, निरुकुमारी कुवर लगायत केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा एमालेका जिल्ला कमिटि पदाधिकारी तथा सल्लाकार परिषद समिति, लेखा समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको छ । बैठकमा…
Read More
प्रतक्ष निर्वाचित कार्यकारीको बहस सहित संविधान संशोधन : गौतम

प्रतक्ष निर्वाचित कार्यकारीको बहस सहित संविधान संशोधन : गौतम

सिन्धुली : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा माओवादी केन्द्र समेतको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । बिहिबार प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले नेकपा माओवादी केन्द्र सहितको राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका हुन् । उनले भने, ‘संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रतक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।’ पछिल्लो समय नेकपा माओवादीले संविधान संशोधन गर्दा समावेशी समानुपातीक…
Read More
फिक्कलमा सार्वजनिक सुनुवाई सम्पन्न

फिक्कलमा सार्वजनिक सुनुवाई सम्पन्न

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेका कामका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । बुधबार गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गत साउन देखि मंसिर मसान्तसम्म कार्यसम्पादन गरिएका विषय सार्वजनिक गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रजन मगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन सिप तथा दक्षताका साथै कर संकलन र उपयोगिताका लगायतका विषयमा गाउँपालिकाले गर्दै गर्दैआएका काम कारबाही, सुशासन,…
Read More