सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ६०१ जनाले विशेषज्ञ सेवा लिएका छन् । गोलन्जोर गाउँपालिकाको आयोजनामा तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र समुदाय पद्धति विकास सिन्धुलीको सहकार्यमा गोलन्जोर आधारभूत अस्पताल ग्वालटारमा सञ्चालित दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा ६ सय १ जनाले विशेषज्ञ सेवा लिएका हुन् । मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ स्त्री तथा प्रसूती रोग सेवा, भिडियो एक्सरे सेवा, छाला तथा यौन रोग सम्बन्धी उपचार सेवा, हाडजोर्नी तथा नासा रोग सम्बन्धी सेवा, रेडियोलोजी (एक्सरे) तथा जनरल सेवा लिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए…
सिन्धुली । पौष ९ गते बुधबारबाट सुरु हुन गईरहेको पाँचौं मरिण महोत्सवमा मरिण गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ । कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटनका दिन बुधबार गाउँपालिका अन्तरगत रहेका कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुलाई उपस्थितीका लागि स्थानीय विदा दिने निर्णय गरिएको हो । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा हुने महोत्सवमा गाउँपालिकाले अत्यावश्यक र आकस्मिक काम बाहेकको सम्पूर्ण सेवा बन्द गरिने जनाएको हो । महोत्सवलाई भव्य, सभ्य तथा मर्यादित बनाउने र सहभागिता बढाउन स्थानीय कर्मचारी, शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहोस भन्ने…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ स्थित कामदा माविको ४७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिकाका सिन्धुलीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा सोमबार भव्य कार्यक्रमका विच विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानले पछिल्लो समय विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति भएको भन्दै शैक्षिक गुणस्तरमा पालिकाकै उत्कृष्ठ हुनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयको भौतिक प्रगतीमा पहिला र अहिलेमा आकाश जमिनको फरक छ । विनाशकारी भूकम्पले जति क्षेती भयो त्यसको पुनर्निर्माणले भौतिक पूर्वाधारमा ठुलो सफलता…
सिन्धुली । दुई वटा निर्वाचन क्षेत्र भएको सिन्धुली जिल्लाबाट नेपाली कांग्रेसले २८ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ बाट सिफारिस भइ आएका र जिल्ला समितीमा निबेदन परेका नामावलीलाई जिल्ला कार्य समितीको बैठकले निर्णय गरि सिफारिस गरिएको नेपाली कांग्रेस सिन्धुलीले जनायो । नेपाली कांग्रेस जिल्ला सभापती उपेन्द्र कुमार पोखरेलका अनुसार सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १२ जनाको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिक तर्फ ४ र राष्ट्रिय सभाका लागि १ जनाको नाम सिफारीस गरिएको छ । प्रत्यक्ष तर्फको उमेदवारामा नेपाली कांग्रेसका…
सिन्धुली : ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान, गोलन्जोरको जुनार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित माझकुभिण्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ लगायतले मेलाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त अवसरमा मन्त्री पौडेलले सिन्धुलीको जुनारलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन जुनार खेतिको आधुनीकिकरण, व्यावसायीकरण र बजारीकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए । उनले भने, ‘सिन्धुलीको जुनार यहाँका नागरिकको जीवनसंगमात्र नभएर संस्कृति र सभ्यतासंग समेत जोडिएकाले यसको बृद्धि विकासमा प्रदेश सरकार संधै सकारात्मक छ । हामी जुनार…
सिन्धुली । सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवद्र्धन मेलाको पहिलो दिन सर्वजनिक विदा दिइने भएको छ । गोलन्जोर गाउँपालिकाले मेलाको पहिलो दिन मंसिर २३ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा जुनार पकेट क्षेत्र रहेको गोलञ्जोर गाउँपालिकाले मंसिर २३ देखि २५ गतेसम्म जिल्लामै पहिलो पटक जुनार प्रवद्र्धन मेलाको आयोजना गर्न लागेको छ । गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलवार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए । गाउँपालिकाले…
सिन्धुली । बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग अन्तरगत पर्ने चियाबारी–खुर्कोट सुरुङ निर्माण कार्य छिटो अघि बढाउन सांसदहरुले माग गरेका छन् । शनिवार सिन्धुली क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को नेतृत्वमा संघिय संसदका ७२ जना संस्दहरुले संयुक्त रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानकर्षण गराएका हुन् । सांसदहरुले बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्डको ३२ किलोमिटर साँघुरो र घुम्ती भएका कारण दुर्घटना हुँदा मानविय तथा भौतिक क्षेती हुनेक्रम बढ्दै गएको भन्दै तत्काल चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्नु पर्ने माग गरेका छन् । चियाबारी–खुर्कोट सुरुङ निर्माणका लागि यस अघिनै डिपिआर निर्माण सम्पन्न गरिसकिएको भएपनि सरकारले व्यवास्था गरेको भन्दै तत्काल रकमको…
सिन्धुली । जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ६ लाई सोमबार एक भव्य कार्यक्रमका विच ‘उज्यालो वडा’ घोषणा गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडालाई गाउँपालिकाको दोस्रो उज्यालो वडा घोषणा गरिएको हो । गाउँपालिकाले यस अघि वडा नम्बर ५ लाई एक भव्य कार्यक्रमका विच उज्यालो वडा घोषणा गरि सकेको छ । गाउँपालिकाको पहलमा ६ नम्बर वडाभित्रका सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनमार्फत बिजुली वत्ति पु¥याइएपछि सोमबार उक्त वडालाई उज्यालो वडा घोषणा गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनुभयो । उक्त वडालाई उज्यालो वडा घोषणा गर्नु हुँदै कार्यक्रमका प्रमुख…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, कृषि, पुर्वाधार विकास लगाएतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार घ्याङलेख गाउँपालिकाको १७ औँ अधिवेशनमा अध्यक्ष जगत बहादुर भोलनले नीति तथा कार्यक्रम र उपाध्यक्ष शंकरमान घलानले आगामी आर्थिक वर्षका २०८२÷०८३ को लागि बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले आगामी बर्षको लागि ४४ करोड २६ लाख ५० हजार ७ सय ९४ रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष घलानले चालु तर्फ २० करोड १५ लाख २२ हजार ७ सय ९४ रुपैयाँ अर्थात ६५ दशमलब ८ प्रतिशत र पुजीगत १५ करोड ११ लाख २८ हजार…
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम गत शनिवार नै सार्वजनिक गरिसकेका छन् । अध्यक्ष बरालद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नै प्राथमिकताका आधारमा बजेट तयार पारिएको उपाध्यक्ष न्यौपानेको भनाई छ । बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा…