सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र थप वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटवालले मंगलबार सुचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत…
सिन्धुली । पाँच दिन अघि हराएका भनिएका कमलामाई नगरपालिका ११ कुलोखोलाका प्रदिप राज थापा मृत अवस्थामा फेला परेका छन् । उनको शव मंगलबार कमलामाई नगरपालिका २ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहिबारबाट बेपत्ता भएका थिए । बीपी राजमार्गबाट फिट तल तत्काल नाम थर वतन नखुलेको अवस्थामा पुरुष ब्यक्ती मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुँना साथ उक्त घटना स्थलमा प्रहरी चौकी गढीबाट प्रहरी टोली खटी गई घटना स्थल सुरक्षीत राखी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको…
सिन्धुली । विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर १० दिनदेखि सिन्धुलीको सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षिय बैठकबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाइएको ताला खोलिएको हो । सुनकोसी गाउँपालिका ३ मा रहेको प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै दश दिन अघि सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका थिए । उक्त विषयमा आवश्यक छानविन गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिवेदन तयार गरी नियमनकारी निकायमा यथाशिग्र पेश…
मोनिका गौतम (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित जनजागृति मावि भिमानमा खानेपानीको अभाव भएको छ । विद्यालयमा दैनिक रुपमा पर्याप्त खानेपानीको अभाव हुँदा विद्यार्थी तथा शिक्षक कर्मचारीहरु प्रभावित बनेका छन् । चर्को गर्मीको समयमा विद्यालयमा पर्याप्त पानी नहुँदा दैनिक रुपमा खान, शौच गर्न, सरसरफाईमा समेत समस्या भएको छ । ‘विद्यालयमा पानी नहुँदा पठनपाठनमा समेत प्रभाव पर्ने गरेको विद्यार्थीहरु बताउँछन् । खान पनि पर्याप्त पानी छैन्, कक्षा दशमा अध्ययनरत एक विद्यार्थीले गुनासो गर्दै भन्नुभयो, ‘विद्यालयमा जाँदा शौच गर्नपरे विद्यार्थीहरु पानी खोज्न हिड्न पर्ने अवस्था छ जसका कारण पठनपाठन नै प्रभावित हुने गरेको छ ।’ विद्यालयमा खानेपानीको अभाव हुने…
सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रम आयोजना गरी नमूना स्वास्थ्य संस्था प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्थामा छनोट भएको हो । एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरुमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको कार्यक्रममा जानकारी दिइयो । जनस्वास्थ्य कार्यालय प्रमुख विमल पटेलले हरिहरपुर गाउँपालिकाका प्रमुख वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो । त्यसअघि पटेलको नेतृत्वमा ९ वटा स्थानीय तहका शाखा प्रमुखहरुले स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । कार्यक्रम हरिहरपुरगढी ४…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ मा रहेको एक माध्यमिक विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयमा प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर गाउँपालिकामा दुई दिन देखी तालाबन्दी गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुनकोसी गाउँपालिका ३ स्थित प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका हुन् । उक्त विद्यालयका प्रअ चौलागाई माथी विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्धा दर्ता भएको थियो । सोही विषयलाई लिएर गाउँपालिकामा…
सिन्धुली । वर्षातको समयमा उर्लेर आउने वाक्सु खोलाका कारण गोलन्जोर गाउँपालिका १ को राम्चेफेदी र फिक्कल गाउँपालिका २ को चण्डीभन्ञ्याङ्ग भौगोलिक रुपमा टाढा थिए । हेर्दा वारी–पारी देखिएपनि वाक्सु खोलामा आउने बाढीका कारण दुई पालिका विचको वडाहरु भौगोलीक रुपमा जोडिन कठिन थियो । तर, झण्डै १४ महिनाको मेहनतबाट ९५ मिटर लामो भोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि शनिवारबाट दुबै पालिकाका वडाहरु भौगोलिकरुपमानै जोडिएका छन् । वाक्सु खोलामा वर्षौंदेखि पक्की पुलको पर्खाइमा बसेका रम्वेफेदी र चण्डीभन्ञ्याङका स्थानीयहरु झोलुङ्गे पुल निर्माण हुँदा पनि निक्कै हर्षित छन् । संघिय सरकारको ६४ लाख रुपैयाँ ससर्त अनुदान र गोलन्जोर गाउँपालिकाको ११ लाख गरी कुल ७५ लाख…
सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुलीबाट ४ हजार ९ सय ४३ जना अर्थात झण्डै ७५ प्रतिसत बढी उतिर्ण भएका छन् । गत वर्षको चैत्र महिनामा संचालन भएको परीक्षामा सहभागि ४ हजार ९ सय ४३ जना मध्ये ३ हजार ७ सय २६ जना उतिर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । जिल्लाबाट यस वर्ष तिन जनाले ‘फो’ जिपिए ल्याउन सफल भएका छन् । यस्तै साधरण तर्फ ३ हजार ५ सय ५६ जना र प्राविधिक धार तर्फका १ सय ७० जना विद्यर्थीहरु परीक्षामा उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका इकाई प्रमुख मोहन बहादुर…
सिन्धुली । सिन्धुलीमा ठुलो परिमाणमा लागुऔषध सहित तिनजना कारोबारीलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ भिमान स्थित बिपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अबैद्य लागुऔषध सहित एक जनालाई र उसको बयानका आधारमा थप दुई जनालाई काठमाण्डौंबाट पक्राउ गरिएको हो । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्ग अन्तरगत बर्दीवासबाट काठमाडौँतर्फ जादै गरेको मधेश प्रदेश ०४२–००१ ज ०१५५ न को इभि भ्यानलाई रोकी चेकजाँच गर्दा सिट नंं.६ मा लागु औषध सहित सवार बरहथवा नगरपलिका ७ सर्लाही बस्ने ३० का बिक्रम चौधरीलाई लागुऔषध नियन्त्रणमा लिएको हो । उनले बोकेको रातो रंगको झोला भित्र लागु औषध नाइट्राभेट २ हजार…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका १० को वडा कार्यालयलाई पोषणमैत्री वडा घोषणा गरिएको छ । शनिवार तिनपाटन गाउँपालिका १० का वडा अध्यक्ष पुण्यहरी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले उक्त वडालाई पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरेका हुन् । यस अघि विभिन्न १६ वटा सुचकहरु पुरा गर्दै उक्त वडाको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर काम गर्दै आएको गाउँपालिकाले थप ३४ वटा सूचकहरु पुरा गरी शनिवार वडालाई नै पोषणमैत्री वडा घोषणा गरेको हो । स्थानीय जनप्रतिनीधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, शिक्षक विद्यार्थीहरुको सहभागितामा बाजागाजा सहित धुमधामका साथ सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको…