Badapatra Online

सिन्धुलीकी शुशिलाको पेट्रोल छर्केर आगोलगाई विभत्स हत्या, दुई जना पक्राउ

सिन्धुलीकी शुशिलाको पेट्रोल छर्केर आगोलगाई विभत्स हत्या, दुई जना पक्राउ

सिन्धुलीकी शुशिलाको पेट्रोल छर्केर आगोलगाई विभत्स हत्या, दुई जना पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका ४ धुराफाँटमा गत आइबार दिउसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षिया शुसिला घिसिङ बम्जनको हत्या भएको रहस्य खुलेको छ । आइतबार दिउँसो करीब साढे ४ बजे साँढे दुई तला घरको विचको तलाको भान्सा कोठामा बम्जनालाई उनकै सासु वर्ष ५९ की मायारानी बम्जन र नन्द वर्ष ३५ की मीना लामा (बम्जन) ले शुसिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सासु मायारानी बम्जन र नन्द मीना लामा लाई आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा नन्द…
Read More
पाँचौँ मरिण महोत्सव उद्घाटनमा बुधबार स्थानीय विदा (सूचना सहित)

पाँचौँ मरिण महोत्सव उद्घाटनमा बुधबार स्थानीय विदा (सूचना सहित)

सिन्धुली । पौष ९ गते बुधबारबाट सुरु हुन गईरहेको पाँचौं मरिण महोत्सवमा मरिण गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ । कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटनका दिन बुधबार गाउँपालिका अन्तरगत रहेका कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुलाई उपस्थितीका लागि स्थानीय विदा दिने निर्णय गरिएको हो । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा हुने महोत्सवमा गाउँपालिकाले अत्यावश्यक र आकस्मिक काम बाहेकको सम्पूर्ण सेवा बन्द गरिने जनाएको हो । महोत्सवलाई भव्य, सभ्य तथा मर्यादित बनाउने र सहभागिता बढाउन स्थानीय कर्मचारी, शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहोस भन्ने…
Read More
कामदा माविको ४७ औं वार्षिक उत्सव : शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गर्ने उपाध्यक्ष न्यौपानेको प्रतिबद्धता

कामदा माविको ४७ औं वार्षिक उत्सव : शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गर्ने उपाध्यक्ष न्यौपानेको प्रतिबद्धता

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ स्थित कामदा माविको ४७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिकाका सिन्धुलीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा सोमबार भव्य कार्यक्रमका विच विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानले पछिल्लो समय विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति भएको भन्दै शैक्षिक गुणस्तरमा पालिकाकै उत्कृष्ठ हुनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयको भौतिक प्रगतीमा पहिला र अहिलेमा आकाश जमिनको फरक छ । विनाशकारी भूकम्पले जति क्षेती भयो त्यसको पुनर्निर्माणले भौतिक पूर्वाधारमा ठुलो सफलता…
Read More
निर्धारित समयमा निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जान्छ : माधव नेपाल

निर्धारित समयमा निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जान्छ : माधव नेपाल

सिन्धुली  । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निर्धारित समयमानै नािर्वचन नभए देश गम्भीर दुर्घटनामा जाने बताएका छन् । प्रेस सेन्टर नेपाल सिन्धुलीको आयोजनामा सोमबार सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा सहसंयोजक नेपालले पछिल्लो आन्दोलनबाट सिर्जित समस्या समाधानका लागि फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिँदै यदि कुनै बहानामा निर्वाचन नभए देश गम्भिर दुर्घटनामा जाने चेतावनी दिएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपाली कम्युनिष्ट पार्टी विघठित भएको संसद पुनस्थापनाको पक्षमा नभएको समेत स्पष्ट पारे । उनले भने, ‘देशको सत्ता सम्हाल्नेहरुको कमजोरीका कारण देश यो अवस्थामा आइपुगेको हो । अव पनि पुरानै दल र संसदले सक्षम नेतृत्व…
Read More
सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा कांग्रेसको २८ उम्मेदवार सिफारिस

सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा कांग्रेसको २८ उम्मेदवार सिफारिस

सिन्धुली  । दुई वटा निर्वाचन क्षेत्र भएको सिन्धुली जिल्लाबाट नेपाली कांग्रेसले २८ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ बाट सिफारिस भइ आएका र जिल्ला समितीमा निबेदन परेका नामावलीलाई जिल्ला कार्य समितीको बैठकले निर्णय गरि सिफारिस गरिएको नेपाली कांग्रेस सिन्धुलीले जनायो । नेपाली कांग्रेस जिल्ला सभापती उपेन्द्र कुमार पोखरेलका अनुसार सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १२ जनाको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिक तर्फ ४ र राष्ट्रिय सभाका लागि १ जनाको नाम सिफारीस गरिएको छ । प्रत्यक्ष तर्फको उमेदवारामा नेपाली कांग्रेसका…
Read More
गोलन्जोरमा जुनार मेला सुरु : सडक निर्माण र बजारीकरणमा जोड

गोलन्जोरमा जुनार मेला सुरु : सडक निर्माण र बजारीकरणमा जोड

सिन्धुली : ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान, गोलन्जोरको जुनार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित माझकुभिण्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ लगायतले मेलाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त अवसरमा मन्त्री पौडेलले सिन्धुलीको जुनारलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन जुनार खेतिको आधुनीकिकरण, व्यावसायीकरण र बजारीकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए । उनले भने, ‘सिन्धुलीको जुनार यहाँका नागरिकको जीवनसंगमात्र नभएर संस्कृति र सभ्यतासंग समेत जोडिएकाले यसको बृद्धि विकासमा प्रदेश सरकार संधै सकारात्मक छ । हामी जुनार…
Read More
अनाथ बालबालिकाहरुलाई लायन्स क्लब अफ सिन्धुलीको न्यानो पोसाक सहयोग

अनाथ बालबालिकाहरुलाई लायन्स क्लब अफ सिन्धुलीको न्यानो पोसाक सहयोग

सिन्धुली  । लायन्स क्लब अफ कमलामाई सिन्धुलीले अनाथ बालबालिकाहरुलाई न्यानो पोसाक सहयोग गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५, सिलामेमा रहेको श्री कमला जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना आवासीय अनाथ बालबालिकाहरुलाई न्यानो कपडाका साथै विद्यालय पोसाक वितरण गरेको हो । न्यानो कपडाको अभावमा जाडोको मौसममा अनाथ विद्यार्थीहरू कठ्याङ्ग्रिन थालेपछि लायन्स क्लब अफ कमलामाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद फुयाँलले जानकारी दिनुभयो । उक्त विद्यालयमा ३३ जना अनाथ बालबालिकाहरुलाई आवासिय सुविधा सहित अध्ययन गराँईदै आएको छ । ‘न्यानो पोषकले विद्यार्थीहरूमा राहत र उत्साह प्रदान गरेको छ,’ प्रअ फुयाँलले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्लबका कोषाध्यक्ष लायन तुल…
Read More
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
Read More
‘जेन–जी’ आन्दोलनमा सिन्धुलीका सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ

‘जेन–जी’ आन्दोलनमा सिन्धुलीका सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ

सिन्धुली  । ‘जेन–जी’ आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने मध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भाद्र २३ र २४ गते देशैभरी भएको ‘जेन–जी’ आनदोलनका क्रममा सिन्धुलीमा पनि झण्डै एक दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । उक्त विध्वंसमा संगल्न मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सोमबार पत्रकार सम्मेलनका आयोजना गर्दै सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले सरकारी सम्पतिमाथी तोडफोड र आगजनी गर्ने, लुटपाट गर्ने मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जनाकारी दिएका हुन् । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका…
Read More
जुनार प्रवद्र्धन मेलाको लागि गोलन्जोरमा मंगलबार सार्वजनिक बिदा

जुनार प्रवद्र्धन मेलाको लागि गोलन्जोरमा मंगलबार सार्वजनिक बिदा

सिन्धुली  । सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवद्र्धन मेलाको पहिलो दिन सर्वजनिक विदा दिइने भएको छ । गोलन्जोर गाउँपालिकाले मेलाको पहिलो दिन मंसिर २३ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा जुनार पकेट क्षेत्र रहेको गोलञ्जोर गाउँपालिकाले मंसिर २३ देखि २५ गतेसम्म जिल्लामै पहिलो पटक जुनार प्रवद्र्धन मेलाको आयोजना गर्न लागेको छ । गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलवार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए । गाउँपालिकाले…
Read More