सिन्धुली । माध्यमिक शिक्षा परिक्षा (एसइई) मा सिन्धुलीका १८ वटा विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परिक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लाका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो । प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरुको नतिजा शून्य छ । दुधौलीको २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परिक्षार्थी ननग्रेड अर्थात अनुर्तिण भएका हुन् । जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका १ खलङ्गामा नेपाल टेलिकमको फोजी सेवा संचालनमा आएको छ । मरिण गाउँपालिकाकै अति दुर्गम क्षेत्र मानिने खलङ्गामा शुक्रबारबाट फोजी सेवा संचालनमा आएको हो । गाउँपालिकाको लामो समयदेखिको पहलमा नेपाल टेलीकमले नेटवर्क टावर स्थापना गरेपछि उक्त सेवा सुरु भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । यस अघि नेपाल टेलीकमका मोवाईहरुमा नेटवर्क समेत नदेखाउने खलङ्गामा टावर स्थापना भएसंगै मरिणको खलङ्गा, सिर्थौली, सखौरी सिर, कात्र्तिके, भदौरे, मान्द्रे ,टुँडिखेल, बेतपानी, ठुलिदमार, सुकेखोला लगायतको बिभिन्न स्थानमा संचार सुविधा पुगेको छ । ‘टेलिकमको टावर पूर्ण रुपमा संचालनमा आएसंगै मरिणका एक दर्जनबढी बस्तिहरुमा एनटीसि नेटवर्क संचालनमा आएको छ…
सिन्धुली । सुख्ख क्षेत्रका कारण खानेपानीको समस्या झेल्दै आएका सुनकोसी गाउँपालिका ५ खनियाखर्कमा घरघरमै पानीको धारा झरेपछि स्थानीय दंग परे । सुनकोसी गाउँपालिका, साझेदार संस्था नेवा र स्थानीयको श्रमदानमा टंकी र घरघरमा निर्माण गरिएको धारामा पानी झरेपछि स्थानीय दंक परेका हुन । गाउँपालिकाको १६ लाख दुई हजार ९ सय १८ रुपैयाँ, नेवाको २६ लाख ४६ हजार ३ सय १८ रुपैयाँ र स्थानीय श्रमदान १४ लाख ९८ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ५७ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ उक्त धाराहरु निर्माण गरिएको हो । बुधबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपलिकामा एक घर एक करेसाबारी कार्यक्रम संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तरगत गाउँपालिकाले बुधबार पालिकाका विभिन्न वडाका ७० जना कृषकहरुलाई तरकारीको बिउ विजन, प्राङ्गारीक मल, गार्डेन पाईप, हजारी, ५ सय लिटरको टंकी, कुटो लगायतका कृषि सामाग्री वितरण गरिएको छ । यस्तै १८ जना कृषकहरुलाई कृषि यान्त्रीकरण मिनिटेलर वितरण गरिएको हो । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा उक्त कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेलले जानकारी दिए । कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षि रहेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षिहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ । पालिकामा किसानहरुले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन । १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन । ‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…
छाप (सिन्धुली) । मरिण गाउँपालिका सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् । गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन । ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ । मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा…
सिन्धुली । गएको डेढ साता अघि सिन्धुली प्रहरीले ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो । कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठुलो परिमाणमा बरामद गरिएको गाँजा हो ।…
सिन्धुली। जिल्ला अदालत सिन्धुलीले २३ वर्ष पुरानो द्वन्द्वकालीन मुद्दा ब्युताउन आदेश दिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेल देखि मोहन बैद्य समुहका नेता चन्द्रप्रकास गजुरेल लगायतका २६ जना जनयुद्धकालीन माओवादी नेताहरु प्रतिवादी रहेको मुद्दा व्युँताइएको हो । जिल्ला न्यायधीश रमेश शर्मा पौडेलको इजलासले गोरे बहादुर श्रेष्ठ र प्रहरी सहायक निरिक्षिक जयबहादुर खड्का समेतको प्रतिवेदन तथा रत्नबहादुर माझीको जाहेरी रहेको दुईवटा मुद्धा काहरबाहीका लागि जगाउने गरी मुलतबीमा राख्न आदेश दिएका हुन् । जिल्ला अदालत सिन्धुलीमा विचाराधिन रहेको दुई वटा ज्यानमार्ने उद्योग सम्बन्धिका मुद्धा लामो समयदेखि निश्कृय रहेको भन्दै ति मुद्धाहरुलाई मुलतबी जगाई करबाही अगाडी बढाउन भनि…
सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…