सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले अक्षयकोष स्थापनाको कामलाई तिव्रता दिएको छ । पहिलो चरणमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालयमा सहयोगीदाताहरुको संख्या समेत बढ्दै गएको छ । विद्यालयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको केही दिनमै ५७ संख्यामा सहयोग गर्ने दाताहरुबाट ४ लाख रुपैयाँ बढी रकम संकलन भएको छ । विद्यालयका प्रधनध्यापक मानध्वज बम्जनका अनुसार अक्षयकोष स्थापनार्थ हालसम्म ५७ जनाबाट रकम प्राप्त भएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ । श्री माध्यमिक विद्यालय मरिण…
सिन्धुली । गत असोज ११ र १२ गते आएको बाढीले डुवाउँदा अबरुद्ध भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट झण्डै पाँच महिनापछि सञ्चालनमा आएको छ । गत असोज ११ गते सुनकोसी नदीमा आएको बाढी रिसोर्ट भित्र पस्दा डुवानमा परेको थियो । बाढीले क्षति पुग्दा पूर्णरुपमा अबरुद्ध भएको रिसोर्ट झण्डै पाँच महिनाको लगातार प्रयासबाट डुवानमा परेको बालुवा र माटो हटाएर पहिलेकै अवस्थामा संचालनमा ल्याइएको रिसोर्ट सञ्चालक मनोज श्रेष्ठको भनाई छ । रिसोर्टलाई पहिलाकै अवस्थामा संचालनमा ल्याउन झण्डै १० करोड रुपैयाँ बराबर खर्च भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘बाढीले रिसोर्टका बाहिरी रभित्र सबै संरचनामा क्षेती पु¥याएको थियो । एकदेखी…
सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीको ३४ औं वार्षिक साधारण सभा एवंम् १५ औं जिल्ला अधिवेशन भोली मंगलबार हुने भएको छ । नेपाल सरकारका गृह मन्त्री माननिय रमेश लेखकको प्रमुख आतिथ्यतामा साधरण सभा तथा अधिवेशन आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार साधरण सभा तथा अधिवेशन कमलामाई नगरपालिका ६ धुराबजार स्थित कमलामाई पार्टी प्यालेशमा आयोजना गरिएको छ । अधिवेशनको उद्घाटन सत्र बिहान ११ बजेबाट सुरु हुने छ । कार्यक्रममा संघको जिल्ला नेतृत्वका लागि निर्वाचन मिति तय गर्नेछ ।
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुलाई न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाद्धारा सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन आग्रह गरिएको हो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराकाअनुसार रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन सकिने छ । रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बन्चित बेरोजगार व्यक्तिहरुलाई प्रदान गरिने न्यूनतम सय दिन…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा डि.आर. परामर्श सेवा , मिथिला नगरपालिका ११ धनुषाको प्राविधिक सहयोगमा संस्थागत क्षमता विकास योजना तर्जुमा सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको हो । मंगलबारसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीको उद्घाटन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो । कार्यशालमा वडा अध्यक्ष तथा पालिकाका विषयगत कर्मचारीहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो क्यान्सरपिडित कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकामा कार्यरत सवराी चालक सरोज कुमार राईलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो । लामो समयदेखि क्यान्सर रोग पिडित गाउँपालिकाका सवारी साधन चालक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झनझने स्थित पोलिक्लिनिकमा पुग्नु भएका गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले मंगलबार आर्थिक सहयोग समेत प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकामा कार्यरत कर्मचारीद्धारा संकलित १ लाख १ हजार पाँचसय रुपैयाँ नगद आर्थिक सहयोग हस्तानतरण गर्नु भएको हो । गाउँपालिकाले विरामीको उपचारको लागि गाउँपालिकाले थप १ लाख रकम उपलब्ध गराउने निर्णय गरेको समेत अध्यक्ष वाईवाले बताउनुभयो । गाउँपालिकाले यसअघि पनि विरामीलाई…
काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ । वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार…
एजेन्सी : मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको थियो । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५र२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत कर लगाउने समयसीमा आजदेखि लागू हुँदैछ । राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिनुभएको थियो । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । यदि कर लागू भएमा क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने जोखिम छ । किनभने यी दुवै देशले…
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सोमबार सोमबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा गाउँ सभाको १६ औ अधिवेशनको पहिलो बैठक संचालन भएको थियो । उक्त बैठकमा अध्यक्ष सुनुवारले फिक्कल गाउँपालिकामा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन दुवैमा ९० प्रतिशत भन्दा माथि अंक ल्याउन सफल भएको जानकारी गराउँनु भएको थियो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्दा गाउँपालिकाको स्वमुल्यांकन समेत बृद्धि हुँदै गएको हो । यसमा तपाईहरु सबैको भुमिका छ । अझ नागरिकप्रति जनउत्तरदायी भएर…
पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ। लामिछानेको बयान जारी रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सहकारी ठगीका प्रतिवादी लिला पछाईको बयान सकिएलगत्तै लामिछानेको बयान सुरू भएको हो। हालसम्म पूर्वडीआईजी छविलाल जोशी र पछाईको बयान सकिसकेको छ। लामिछानेको बयान सकिएपछि अन्य प्रतिवादीहरूको बयान हुनेछ। बयानका लागि आज बिहान लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,रामबहादुर खनाल,पछाई,कृष्ण गुरूङलगायतलाई अदालत उपस्थित गराइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबारदेखि सुरु भएको हो। सरकारी वकिलको…