सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख छ । ‘बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै त्यसको उचित…
सिन्धुली । मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा आगामी १५ दिनसम्म रातिको समयमा यात्रुबाहक सवारी संचालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुली जिल्लाको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे यस्तो निर्णय गरेको हो । बीपी राजमार्गको सिन्धुलीको खुर्कोटबाट काभ्रेको काभ्रे भञ्ज्याङ खण्डमा राति साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी संचालनमा रोक लगाउने निर्णय गएिको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट देखि काभ्रेको काभ्रे भञ्ज्याङ खण्डलाई बाढी र पहिरकोको दृष्टिकोणले अति जोखिमपूर्ण मानिएको छ । वर्षातका समयमा राति सवारी…
सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन् । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका अनुसार तिब्बत क्षेत्रमा निरन्तर भारी वर्षा हुने सम्भावना रहेको र त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली र सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको हो । दुबै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत नदी किनारका बासिन्दालाई जोखिम हुन…
सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा संचालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजारबढी लाभान्वित भएका छन् । गाउँपालिकाले आयोजना गरेको तिनदिने दाँत तथा आँखा शिविरबाट एक हजार ३ जनाले सेवा लिएका हुन् । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार ५ सय ५६ जनाको आँखा जाँँच र यसरी ४ सय ४७ जनाको दन्तपरिक्षण तथा उपचार गरिएको छ । ‘शिविरमा ५ सय ५६ जनाको आँखा जाँँच गर्दा मोतियाविन्दुको समस्या देखिएका मध्ये ६५ जनाको निशूल्क शल्यक्रिया गरिएको छ । आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डाक्टर दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो,’ अध्यक्ष वाइबाले भने । यस्तै गाउँपालिकाका…
सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ । गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ । बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् । गाउँपालिकाले बुधबार वडा नम्बर १ मा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ । यस्तै ५ जनाले बायोमेट्रि…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले बताउँनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलमो सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहरण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई तथा एककिृत घुम्ती शिविरको आयोजना गरिएको हो…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् । आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत…