सिन्धुली । गत असोज ११ र १२ गते आएको बाढीले डुवाउँदा अबरुद्ध भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट झण्डै पाँच महिनापछि सञ्चालनमा आएको छ । गत असोज ११ गते सुनकोसी नदीमा आएको बाढी रिसोर्ट भित्र पस्दा डुवानमा परेको थियो । बाढीले क्षति पुग्दा पूर्णरुपमा अबरुद्ध भएको रिसोर्ट झण्डै पाँच महिनाको लगातार प्रयासबाट डुवानमा परेको बालुवा र माटो हटाएर पहिलेकै अवस्थामा संचालनमा ल्याइएको रिसोर्ट सञ्चालक मनोज श्रेष्ठको भनाई छ । रिसोर्टलाई पहिलाकै अवस्थामा संचालनमा ल्याउन झण्डै १० करोड रुपैयाँ बराबर खर्च भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘बाढीले रिसोर्टका बाहिरी रभित्र सबै संरचनामा क्षेती पु¥याएको थियो । एकदेखी…
कास्की । बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था ९ना० पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो । “प्याराग्लाइडिङको उडानका लागि उपयुक्त समय नभए पनि भारतीय पर्यटकले उडान गरिराखेका थिए तर निरन्तरको झरीले…
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताउनुभयो । उहाँले सो निगमलाई सञ्चालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भीर ढङ्गले छलफल गरिरहेको बताउनुभयो । मन्त्री तामाङले भन्नुभयो, ‘‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरू भित्रिने छन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ…
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र रु हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र रु ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छस जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन…
सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०र०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको…
काठमाडौँ । सन् २०२४ को ६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ पुगेको छ । पछिल्लो महिना मात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो । सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल…
कास्की— कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।…
होटल छिर्नेबित्तिकै बायाँतर्फ डाइनिङ हलको एउटा टेबलमा ल्यापटप चलाइरहेकी छेतेन लामालाई हामीले देख्यौं। होटलमा आउने अरू पाहुनालाई उनले जसरी स्वागत गर्थिन्, त्यसरी नै मुसुक्क हाँसेर दुई हात जोड्दै हामीलाई अभिवादन गरिन । ‘अघि फोन गरेको थिएँ नि, मैले हो,ु होटल छिर्दै गरेको हाम्रो टोलीको सबभन्दा अगाडि रहेका मेरा मित्रले भने, ुहामी नेप्सेबाट आएको ।’ उनको अनुहार धपक्क बल्यो। पाहुना आउँदा व्यापार बढ्ने भयो भनेर सबै होटल सञ्चालकहरू सामान्यतया खुसी नै हुन्छन्। तर यति बेला छेतेनको खुसीको पारो बिस्तारै होइन, ह्वात्तै बढेको थियो। ‘ओहो सरहरू नेप्सेबाट आउनुभएको?,ु उनको प्रश्नमा कौतुहल मिसिएको थियो, ुकस्तो दिनमा आइपुग्नुभएछ। यता तपाईंहरू आउने, उता मार्केटले सर्किट…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…