Badapatra Online

बागमती प्रदेश

फिक्कलमा सार्वजनिक सुनुवाई सम्पन्न

फिक्कलमा सार्वजनिक सुनुवाई सम्पन्न

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेका कामका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । बुधबार गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गत साउन देखि मंसिर मसान्तसम्म कार्यसम्पादन गरिएका विषय सार्वजनिक गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रजन मगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन सिप तथा दक्षताका साथै कर संकलन र उपयोगिताका लगायतका विषयमा गाउँपालिकाले गर्दै गर्दैआएका काम कारबाही, सुशासन,…
Read More

सिन्धुलीको तिनपाटनमा ११ सय ६७ जनाको निशुल्क दन्त परिक्षण

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ । गाउँपालिकाले समाज डेण्टल हस्पिटल काठमाण्डौंसंगको सहकार्यमा तिन दिने निशुल्क दन्त शिविरको आयोजना गरेको हो । शिविरमा स्थानीय १ हजार १ सय ६७ जनाको दाँत तथा दन्तसम्बन्धी रोगको परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकबहादुर नेगीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापामगरको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा स्थानीयको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत बनाउँने, झिक्ने र नयाँ दाँत हाल्नुका साथै अन्य औषधीजन्य सामाग्री वितरण गरिएको थियो । तिनपाटन गाउँपालिका ११ स्थित…
Read More
अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी भगवती माविलाई

अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी भगवती माविलाई

सिन्धुली : सिन्धुलीमा आयोजित अन्तर विद्यालय स्तिरीय क्रिकेट प्रतियोगिताको उपाधि भगवती माविको क्रिकेट क्लवले जितेकोछ । कमलामाई नगरपालिका ६ सिन्धुलीमा रहेको भगवती आवाशिय माविमा रहेको भगवती बाल क्लव द्धारा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा भगवती माविले उपाधि जितेको हो । भगवती बाल क्लवका संरक्षक तथा भगवती माविका प्रिन्शिपल कृष्ण कुमार उप्रेतीका अनुसार प्रतियोगितामा जनज्योति मावि फोस्रेटार उपविजेता बनेको छ । जिल्लाका विभिन्न ८ वटा विद्यालय सहभागि रहेको प्रतियोगिताका विजेताले १२ हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै उपविजेताले ६ हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । वेष्ट प्लेयरको उपाधि पनि भगवती…
Read More
तिनपाटनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

तिनपाटनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

सिन्धुली : ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट सुरु भएको छ । जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ को तोस्रामखोलाबाट एक कार्यक्रमका विच उक्त अभियानको सुरुवात गरिएको हो । उक्त वडाका वडा अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ को प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ । गाउँपालिकाका महिला बालबालिका…
Read More
हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

सिन्धुली : सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो । गाउँपालिका र केयुविच गत भदौमा भएको सम्झौंता अनुसार केयुले सामेबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो । केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, ई. मानस…
Read More
हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

हरिहरपुरगढी गाउँपालिकामा सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो । गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो । कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको…
Read More
सिन्धुलीमा भालुले आक्रमण गर्दा बृद्धको मृत्यु

सिन्धुलीमा भालुले आक्रमण गर्दा बृद्धको मृत्यु

सिन्धुली । सिन्धुलीमा जंगली भालुले आक्रमण गर्दा एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका १ कात्तिकेका ७२ वर्षिय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार छिमेकिको बाख्रा जंगलमा हराएपछि खोज्न जानेक्रममा घिसिङलाई मरिण गाउँपालिका १ कात्तिके स्थित सिम्ले खोल्सीमा भालुले आक्रमण गरेको थियो । घिसिङसहित ७÷८ जनाको समुह हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण उनको घटना स्थलमै मृत्यु भएको हो । घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा भालुले एक्कासी आक्रमण गर्दा घिसिङको गर्धनको हड्डि र हातको नाडि भाचिएको थियो । उनको शवको…
Read More
ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि

ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि

काठमाडौँ । ललितपुरमा बंगुररसुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुररसंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो । कार्त्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ । बंगुररसुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।
Read More
हरिहरपुरगढी गाउँपालिकामा टेलिकमको टवर निर्माण गर्न सम्झौंता

हरिहरपुरगढी गाउँपालिकामा टेलिकमको टवर निर्माण गर्न सम्झौंता

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाल टेलिकमको टावर निर्माणका लागि आवश्यक प्रकृया थालिएको छ । हरिहरपुरगढी गाउँपालिकाको पहलमा नेपाल टेलिकम (दुरसंचार कम्पनी लिमिटेड) वायरलेस सेवा निर्देशनालयले फारजी सहितको सेवाका लागि टावर निर्माण कार्य थालेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा रुफटप विटिएस टावर निर्माणका लागि हरिहरपुरगढी स्वास्थ्य चौकीको छत प्रयोग गर्ने गरी सम्झौता समेत भएको छ । टवर निर्माणका लागि सम्झौंता गर्न दुरसंचार कम्पनी लिमिटेड वायरलेस सेवा निर्देशनालयका ईन्जिनियर सुर्वण बस्ताकोटी, प्राविधिक अधिकृत बिष्णु भण्डारी, सहायक प्रशासकीय अधिकृत पुष्पराज गुरागाँई गाउँपालिकामै आउनु भएको थियो । ‘वडा नम्बर १ मा टवर निर्माणको लागि…
Read More
मकवानपुरका प्रअ बम्जनमाथि गोली हान्ने पक्राउ

मकवानपुरका प्रअ बम्जनमाथि गोली हान्ने पक्राउ

सिन्धुली । मकवानपुरको बकैया गाउँपालिका ३ स्थित बुद्ध मावीका प्रधानाध्यापक प्रेम बम्जन माथी गोली प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका ७ तुफानपुर बस्ने कन्चन ठाकुरका छोरा वर्ष ३० का प्रमानन्द भन्ने विजनन्द ठाकुर रहेका छन् । बागमती गाउँपालिका १ बोटगाउँ घर भएका वर्ष ४० का बम्जनलाई गत आइतबार झाप्सेमा अज्ञात समुहले गोलि प्रहार गरेर फरार भएका थिए । उनिहरु मध्ये ठाकुरलाई बागमती नगरपालिका १२ बथानेटोल सर्लाहीबाट प्रहरी टोलिले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए । ‘सर्लाही जिल्लाबाट सिन्धुली हुँदै मकवानपुर जिल्ला तर्फ मोटरसाइकलमा जाँदै…
Read More