Badapatra Online

मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले जितेको छ । गत बिहिबारबाट आयोजना भएको मरिण गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत प्रथम हुँदै खयरसालले चौथो पटक शिल्ड उचालेको हो । विद्यालयले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ काश्य सहित कुल १५ पदक सहित रनिङ लागातार चौथो पटक शिल्ड चुम्न पाएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले जानकारी दिनुभयो । विद्यालयले यस अघि गाउँपालिकाद्धारा आयोजित तेस्रो, चौथो र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेर शिल्ड आफ्नो कब्जामा पारिसकेको छ । यो छैठौं प्रतियोगिता जितेसंगै विद्यालयले…
Read More
भोलि साँझदेखि देशका विभिन्न स्थानमा वर्षा हुने

भोलि साँझदेखि देशका विभिन्न स्थानमा वर्षा हुने

काठमाडौं : शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज हिउँदे मौसमको विशेष बुलेटिन २ जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण भोलि अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै…
Read More
सहकारी ठगी प्रकरण : रवि लामिछानेको बयान जारी

सहकारी ठगी प्रकरण : रवि लामिछानेको बयान जारी

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ। लामिछानेको बयान जारी रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सहकारी ठगीका प्रतिवादी लिला पछाईको बयान सकिएलगत्तै लामिछानेको बयान सुरू भएको हो। हालसम्म पूर्वडीआईजी छविलाल जोशी र पछाईको बयान सकिसकेको छ। लामिछानेको बयान सकिएपछि अन्य प्रतिवादीहरूको बयान हुनेछ। बयानका लागि आज बिहान लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,रामबहादुर खनाल,पछाई,कृष्ण गुरूङलगायतलाई अदालत उपस्थित गराइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबारदेखि सुरु भएको हो। सरकारी वकिलको…
Read More
एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो। रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ। प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो। एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख…
Read More
तिनपाटनमा वडा र स्वास्थ्य चौकीको भवन उद्घाटन

तिनपाटनमा वडा र स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुली  । सिन्धुलीको तिनपाटन गाउँपालिका ७ तोस्राम खोलामा वडाको प्रशासकीय भवन र स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका विच दुबै भवनको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यातामा आयोजित एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । वडा अध्यक्ष युवाराज पाहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी, वडा अध्यक्षहरु, गाउँकार्यपालिका सादस्य, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा कार्यालय भवन गाउँपालिकाकै लगानी र स्वास्थ्य चौकी भवनको बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो ।
Read More
सांसद दाहालद्धारा मरिणमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

सांसद दाहालद्धारा मरिणमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य राजन दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताए । उनले भने, ‘जो शारिरिक रुपमा स्वस्थ हुन्छ उ नै मानसिक रुपमा स्वास्थ हुने भएकालेले यस्ता खेलका माध्यमबाट बालबालिकाहरुको चौतर्फी विकासमा मद्धत पुग्दछ । यस्ता प्रतिभाहरु जिल्ला र राष्ट्रकै लागि उपयोग गर्नेगरी शिक्षामा जोड दिनुपर्दछ ।’ यस्तै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)…
Read More
सिन्धुलीमा प्रहरीद्धारा ३५ हजार गाँजाको बोट नष्ट

सिन्धुलीमा प्रहरीद्धारा ३५ हजार गाँजाको बोट नष्ट

सिन्धुली । सिन्धुलीमा प्रहरीले अबैध रुपमा लगाईएको ३५ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको मरिण गाउँपालिका ७ स्थित बडला, खन्जनी लगायतका स्थानहरुमा इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक बेनु कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त संख्यामा गाँजाको बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बाबुराम कार्कीका अुनसार प्रहरीले बडला, खन्जनी लगायतका स्थानहरुमा अन्दाजी ३ विगाह १० कठ्ठा (४५ रोपनी) क्षेत्रफलमा अवैध रुपमा लगाईएको ३५ हजार गाँजाको बोट फडानी गरी नष्ट समेत गरिएको हो । ‘मंगलबार दिउँसो प्रहरी निरिक्षक बेनु कार्कीको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उक्त गाँजाको बोट नष्ट गरेको हो,’ उनले भने…
Read More
गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ र ७ जोड्ने घोक्सीला खोलामा पक्की पुलन निर्माण थालिएको छ । गोलन्जोर गाउँपालिका ६ घोक्सिला र ७ को माथिल्लो बारा जोड्ने गरि झण्डै साँढे ९ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण थालिएको हो । पुलले बीपी राजमार्गसंग जोडिएर गाउँपालिकाकै बैकल्पीक मार्गका रुपमा घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी जोड्ने छ । कुल नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिना भित्र सम्पन्न गर्नेगरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा श्रृजना निर्माण सेवाले पाएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीसंग पुल…
Read More
भिमज्योति क्याम्पस खुर्कोटको सातौं क्याम्पस सभा सम्पन्न (तस्विरहरु)

भिमज्योति क्याम्पस खुर्कोटको सातौं क्याम्पस सभा सम्पन्न (तस्विरहरु)

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटमा रहेको भिमज्योति क्याम्पस खुर्कोटको सातौं क्याम्पस सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, राजनीतिक दकलका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागितामा सभा सम्पन्न भएको हो ।  
Read More
७७ वटै जिल्लामा एकीकृत समाजवादीको इन्चार्ज र सहइन्चार्ज

७७ वटै जिल्लामा एकीकृत समाजवादीको इन्चार्ज र सहइन्चार्ज

काठमाण्डौं । नेकपा (एकीकृत समावादी)ले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो। जिल्लामा पनि एकभन्दा बढी सहइन्चार्ज तोकिएका छन्। ती सहइन्चार्जहरूलाई निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएको छ। संघीय राजधानी काठमाडौंको इन्चार्ज रमा आले तोकिएकी छन्। सुदेश पराजुली, गोपाल बराल, टहलबहादुर खड्का, प्रभा आचार्य, रामेश्वर श्रेष्ठ, सिताकुमारी ओझा, नितेश पौडेल, फुर्वा लामा र हिमा रिजाल सहइन्चार्ज छन्। जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरू तोकिएका छन्। हेर्नुस् कसलाई कुन जिल्लाको जिम्मेवारी तोकियो orca_share_media1734762916148_7276123038253677752-output
Read More