सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो । खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ । यसैगरी खेलकुद महोत्सव…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वता छापमा रहेको श्री कपिलकोट माध्यमिक विद्यालय छाप–महेश्वताको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्साह) को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा भएको हो । बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले छोटो समयमानै कपिलाकोट माविमा धेरै प्रगती गरेको उल्लेख गर्दै नेतृत्व सक्षम भए काममा पनि प्रगती देखिने बताउँनुभयो । विद्यालयले छात्रवृद्धि कोष स्थापना गर्दै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक गतिविधिहरु संगै अनुशासनलाई जोड…
सिन्धुली । सिन्धुलीका दुई सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ट्रयाकसुट र झोला वितरण गरिएको छ । जिल्लाको तीनपाटन गाउँपालिका ५ मा रहेको श्री कालिका मावि लंगुर छविसे र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीहरूलाई ट्रयाकसुट र झोला वितरण गरिएको हो । सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी आवशिय माविको सहयोगमा कालिका मावि लंगुर छविसेका १ सय ६२ जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । यस्तै कोबे ईन्टरनेश्नल एजुकेसन सेन्टर (केआइइसि) सिन्धुलीको सहयोगमा कालिका मावि लंगुर छविसेका ५० जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको हो । श्री कालिका मावि लंगुर छविसेमा…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा रहेको आदिलिंग कुशेश्वर महादेवलाई विश्वमा चिनाउन हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य हुने भएको छ । श्री बृहद आध्यात्मिक परिषद सिद्धान्चल गोरक्षनाथ पीठ मृगस्थलीको आयोजनामा फागुन ५ गते सोमबारका दिनबाट पाँच दिने हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य पुराण लगाउँन लागिएको हो । आदिलिंग कुशेश्वर महादेव मन्दिर प्राङ्गणमा लगाउँन लागिएको पुराणमा पण्डीत बद्रि प्रसाद सुवेदीले कथा वाचन गर्ने छन् । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका उपसभापति र स्थानीय महेश्वर कोइरालाका अनुसार पुराण आगामी ९ गते शुक्रबारसम्म आयोजना गरिने छ । पुराणका लागि…
सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुली जिल्लाका नांै वटा स्थानीय तहमध्ये सिन्धुलीको दुधौली नगरपालिका प्रथम र गोलन्जोर गाउँपालिका दोस्रो उत्कृष्ट पालिका भएका छन् । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो र गोलन्जोर गाउँपालिका दोस्रो हुदै उत्कृष्ट ठहरिएका हुन । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २८०÷०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा दुधौली नगरपालिकाले ७३ दशमलव १ अंक सहित सिन्धुली जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । दुधौली नगरपालिका बागमती प्रदेश तर्फ नगरपालिकाहरुमा दोश्रो र बागमती प्रदेश तर्फ स्थानीय तहहरुमा ५ औं स्थानमा पर्न सफल भएकोमा दुधौली नगरपालिका…
ग्वाल्टार । ब्याक टु लाईफको सहयोगमा जिल्लाको गोलन्जोर गाउँपालिकमा एकैसाथ तिनबाट अस्पतालको निर्माण थालिएको छ । गाउँपालिकाका विभन्नि वडाहरुमा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण थालिएको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेका अनुसार गाउँपालिकाको घोक्सिला, तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको हो । केहीदिन अघि गाउँपालिकाका अध्यक्ष शंकरराज बराल तथा उपाध्यक्ष न्यौपानेले संयुक्त रुपमा एकै पटक अस्पताल भवनको शिलान्यास गरेपनि निर्माण कार्यले तिव्रता पाएको बताइएको छ । ब्याक टु लाइफका निर्देशक अच्युत प्रसाद पौडेलका अनुसार गोलन्जोर गाउँपालिकाको वडा नम्बर ४ को किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कपको उपाधि वडानम्बर पाँचले जितेको छ । हरिहरपुरगढी गाउँपालिकाको प्रायोजन तथा युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको हो । बिहिबार वडा नम्बर ८ र ५ नम्बर वडाबिच भएको फुटबल प्रतियोगितामा २–० गोल अन्तरले वडा नम्बर ५ विजयी भएको हो । विजेता तथा उपविजेता वडालाई हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा तथा वडाअध्यक्षहरु र गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थितीमा नगद, शिल््ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले अक्षयकोष स्थापनाको कामलाई तिव्रता दिएको छ । पहिलो चरणमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालयमा सहयोगीदाताहरुको संख्या समेत बढ्दै गएको छ । विद्यालयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको केही दिनमै ५७ संख्यामा सहयोग गर्ने दाताहरुबाट ४ लाख रुपैयाँ बढी रकम संकलन भएको छ । विद्यालयका प्रधनध्यापक मानध्वज बम्जनका अनुसार अक्षयकोष स्थापनार्थ हालसम्म ५७ जनाबाट रकम प्राप्त भएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ । श्री माध्यमिक विद्यालय मरिण…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै गौतमी गंगाको तटमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पती स्थलमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी फागुन ७ गते बुधबारबाट १५ गते बिहिबारसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको हो । शिवपुराण, स्कन्दपुराण, वृहद् विष्णुपुराण र वाल्मिकी रामायण आदी धर्मग्रन्थहरुमा वर्णन गरिएको १२ ज्योतिर्लिङ्ग मध्ये प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान रहेको धार्मीक विश्वास छ । पृथ्वीका दुहादश ज्योतिर्लिङ्गंहरुमध्ये आठौं ज्यातिर्लगं त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग सास्त्रीय आधारका साथ उत्पती हुनुभएको थियो भन्ने विश्वासका साथ नेपालका प्रथम जगतगुरु बालशन्त मोहनसरण देवाचार्य महाराजश्रीगुरुले २०७६ साल मंसिर २४ गते उक्त स्थानमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्गको…
सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए । ‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’…