सिन्धुली । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाको गाउँ सम्मेलन यही पौष १९ गते आयोजना गरिने भएको छ । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कारसाङ लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)को प्रमुख आतिथ्यातमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका ८ वटै वडामा यही पौष ९ गते देखि ११ गतेभित्र बैठक सम्पन्न गर्ने, १३ गते पार्टीको पालिका स्तरीय सचिवालय बैठक बस्ने र १९ गते पालिका सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञान बहादुर राईले जानकारी दिए । यस्तै…
सिन्धुली : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा माओवादी केन्द्र समेतको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । बिहिबार प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले नेकपा माओवादी केन्द्र सहितको राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका हुन् । उनले भने, ‘संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रतक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।’ पछिल्लो समय नेकपा माओवादीले संविधान संशोधन गर्दा समावेशी समानुपातीक…
सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ । गाउँपालिकाले समाज डेण्टल हस्पिटल काठमाण्डौंसंगको सहकार्यमा तिन दिने निशुल्क दन्त शिविरको आयोजना गरेको हो । शिविरमा स्थानीय १ हजार १ सय ६७ जनाको दाँत तथा दन्तसम्बन्धी रोगको परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकबहादुर नेगीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापामगरको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा स्थानीयको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत बनाउँने, झिक्ने र नयाँ दाँत हाल्नुका साथै अन्य औषधीजन्य सामाग्री वितरण गरिएको थियो । तिनपाटन गाउँपालिका ११ स्थित…
सिन्धुली : सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो । गाउँपालिका र केयुविच गत भदौमा भएको सम्झौंता अनुसार केयुले सामेबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो । केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, ई. मानस…
सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो । गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो । कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको…
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतका सूचना अधिकरी मेलिश बाँस्कोटाले यसको पुष्टि गरेका छन्। यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्। प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान…
रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ । यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको…
सिन्धुली । सिन्धुलीमा जंगली भालुले आक्रमण गर्दा एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका १ कात्तिकेका ७२ वर्षिय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार छिमेकिको बाख्रा जंगलमा हराएपछि खोज्न जानेक्रममा घिसिङलाई मरिण गाउँपालिका १ कात्तिके स्थित सिम्ले खोल्सीमा भालुले आक्रमण गरेको थियो । घिसिङसहित ७÷८ जनाको समुह हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण उनको घटना स्थलमै मृत्यु भएको हो । घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा भालुले एक्कासी आक्रमण गर्दा घिसिङको गर्धनको हड्डि र हातको नाडि भाचिएको थियो । उनको शवको…
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर आज बिहान स्वदेश फर्किनुभएको छ । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुखलगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो । कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।
काठमाण्डौ – लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो । निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक…