सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् । गाउँपालिकाले बुधबार वडा नम्बर १ मा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ । यस्तै ५ जनाले बायोमेट्रि…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले बताउँनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलमो सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहरण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई तथा एककिृत घुम्ती शिविरको आयोजना गरिएको हो…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् । आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत…
काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययनका लागि गठित समितिलाई काम कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल काम कारवाही अघि नबढाउन समितिलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै समितिले कामकारवाही अघि बढाउन नपाउने भएको हो। अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ गते ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म काम अघि नबढाउन समितिलाई भनेको हो। सरकारले…
काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा हामीले विभिन्न देशका परराष्ट्रमन्त्री , वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेका छौं। १५० देखि १७५ जना विदेशी पाहुना हुनेछन्, उनले भने। उनले नेपालको क्षमताअनुसार विदेशी पाहुनाहरू सहभागी हुने बताए। तयारी गरिरहेका छौं। सबै कुरा अहिल्यै तय भइसकेको छैन, उनले भने। त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तिन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर…
सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
वासिङटन डिसी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित गरिएको छ। उनीहरूलाई लिन जाने मिसन क्रू(१० नासाले स्थगित गरेको छ। यो मिसन हिजो अर्थात् मार्च १२ मा स्पेसएक्सको रकेट फाल्कन ९ बाट प्रक्षेपण गरिने योजना थियो। रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा विफलताका कारण मिसन स्थगित गरिएको हो। बुच विल्मोर र सुनिता विलियम्स विगत नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अलपत्र परेका छन्। उनीहरु जुन २०२४ मा त्यहाँ पुगेका थिए। उनीहरु आठ दिनपछि फर्कने योजना थियो। यी दुवै अन्तरिक्ष यात्री बोइङको स्टारलाइनर अन्तरिक्ष यान मार्फत आइएसएस पुगेका थिए। यो अन्तरिक्ष यान सेप्टेम्बरमा…
परासी : लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दीपक० लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो। कसूर ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो। उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताए। अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद…