Badapatra Online

प्रमुख समाचार

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा पुनः अर्जुन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । फागुन २७ गते सम्पन्न निर्वाचनबाट श्रेष्ठ ५ सय ९७ मत सहित पुनः अध्यक्षमा निर्वाचित हुन भएको हो । श्रेष्ठ अध्यक्षका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठलाई २ सय ९ मतले पछि पार्दै विजयी हुनुभएको हो । । राजकुमारले ३ सय ८८ मत प्राप्त गर्नुभएको थियो । संघको १३ पदका लागि भएको मतदानबाट बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ गठबन्धनका साझा उमेदवार विरवल चौधरीलाई ४५ मतको अन्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै महासचिवमा गठबन्धनका साझा उमेदवार बासु भेटुवाल निर्वाचित…
Read More
दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका(१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो। दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमर्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौं,’ उनले…
Read More
जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ सुलिथुम्का स्थीत विन्दबासीनी मन्दिरमा जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला तथा बृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनसाँस्कृतिक महासंघ सिन्धुलीका अध्यक्ष रादिप सुनुवारको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको भेलाले गणेश सुनुवारको अध्यक्षतामा १३ सदस्य महासंघको गोलन्जोर गाउँ कमिटि गठन गरिएको छ । लोकदोहोरीका चर्चीत कलाकारहरुको सांगितिक प्रस्तुती सहित आयोजना गरिएको कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिका सचिव काजीमान थिङको विशेष आतिथ्यता रहेको थियो । भेलामा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल,…
Read More
गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

गोलन्जोर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहात सामाग्री वितरण

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका बाढी पीडितले बल्ल राहात पाएका छन् । गत असोज ११ र १२ गते रोसी र सुनकोसी नदीमा आएको बाढीका कारण घरबार बिहिन भएका पीडितहरुलाई गोलन्जोर गाउँपालिकाले प्लान नेपालको सहकार्यमा मंगलबार राहात सामाग्री प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ७, ६, ४ र ३ नम्बर वडाका १ सय २८ जना बाढी पहिरो पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, स्वास्थ्य सामाग्री, लागयतका राहात सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो पीडितहरुलाई जनही २५ हजार रुपैयाँ बारबरको राहत प्याकेज वितरण गरिएको छ । राहत वितरणमा गाउँपालिकाका अध्यक्ष शंकर राज…
Read More
महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

‘मन्त्रीहरू नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’ ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं, मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको, बेढंग हो काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् । मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन गरेका प्रयास…
Read More
राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

काठमाडौं : राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे। त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिए। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने…
Read More
गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एकैपटक १४ वटा क्लवलाई खेलकुद सामाग्री वितरण गरेको छ । युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउँनका लागि गाउँपालिकाको उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत आइतबार क्लवहरुलाई खेलकुद सामाग्री तिवरण गरिएको हो । गोलन्जोर गाउँपालिका ४ का १४ वटा क्लवहरुलाई २ सय २० थान जर्सी, फुटवल लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । ‘पालिकाका युवाहरुलाई खेलकुदका माध्ययमबाट पालिकाका युवाहरुलाई स्वास्थ्य र राष्ट्रका हितमा परिचालन गर्न उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेर प्रति क्लव १५ सेट जर्सी, फुटबल लगायतका खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो,’ न्यौपानेले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष…
Read More
मावि मरिण खयरसालको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला भव्यरुपमा सम्पन्न

मावि मरिण खयरसालको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला भव्यरुपमा सम्पन्न

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ । सिन्धुली क्षेत्रनम्बर दुईका प्रतिनिधि सभासदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा बिहिबार एक भव्य कार्यक्रमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो । श्री माध्यमिक विद्यालय मरिण खयरसालको व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला अवसरमा प्रकाशन गरिएका स्मारीकाको समेत सांसद दाहालले विमोचन गर्नु भएको छ । विद्यालयले स्थापना कालदेखी हालसम्म विद्यालयमा भएका विभिन्न गतिविधि, विद्यालय स्थापनामा योगदान…
Read More
उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पु¥याउँने विश्वास व्यक्त गर्नु भयो । उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग…
Read More
प्रथम सिन्धुली खेलकुद महोत्सवका प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न, मंगलबार महोत्सवको समापन

प्रथम सिन्धुली खेलकुद महोत्सवका प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न, मंगलबार महोत्सवको समापन

सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो । खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ । यसैगरी खेलकुद महोत्सव…
Read More