Badapatra Online

गाउँपालिका अध्यक्ष वाइवाद्धारा भुमि आयोगका अध्यक्षलाई हरिहरपुरगढीमा स्वागत

गाउँपालिका अध्यक्ष वाइवाद्धारा भुमि आयोगका अध्यक्षलाई हरिहरपुरगढीमा स्वागत

गाउँपालिका अध्यक्ष वाइवाद्धारा भुमि आयोगका अध्यक्षलाई हरिहरपुरगढीमा स्वागत

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला लगायतलाई गाउँपालिकामा स्वागत तथा सम्मान गर्नु भएको छ । मंगलबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका विच अध्यक्ष बाइवा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले भर्खरै नियुक्ति हुनुभएका भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला लगायत जिल्ला मालपोत कार्यालय सिन्धुलीका प्रमुख नीर बहादुर दाहाल, नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे लगायतलाई गाउँपालिकामा स्वागत गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा भएको स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइरालाले अघिल्लो समिति विघटन हुँदा यथावत रहेको कामबाटै पुनः काम सुचारु गरिने बताउनुभयो ।…
Read More
गायक राजु परियारको आवाजमा ‘कलकल बगेको खोली’ सार्वजनिक

गायक राजु परियारको आवाजमा ‘कलकल बगेको खोली’ सार्वजनिक

काठमाण्डौं : नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कलकल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिकाबीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आमदर्शक तथा स्रोताले ‘कलकल बगेको खोली’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसीभएकी छन् । रेशम दलामीको छायाँकन, अमृत…
Read More
क्यान्सर पिडितलाई हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोग

क्यान्सर पिडितलाई हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोग

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो क्यान्सरपिडित कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकामा कार्यरत सवराी चालक सरोज कुमार राईलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो । लामो समयदेखि क्यान्सर रोग पिडित गाउँपालिकाका सवारी साधन चालक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झनझने स्थित पोलिक्लिनिकमा पुग्नु भएका गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले मंगलबार आर्थिक सहयोग समेत प्रदान गर्नु भएको हो । उहाँले गाउँपालिकामा कार्यरत कर्मचारीद्धारा संकलित १ लाख १ हजार पाँचसय रुपैयाँ नगद आर्थिक सहयोग हस्तानतरण गर्नु भएको हो । गाउँपालिकाले विरामीको उपचारको लागि गाउँपालिकाले थप १ लाख रकम उपलब्ध गराउने निर्णय गरेको समेत अध्यक्ष वाईवाले बताउनुभयो । गाउँपालिकाले यसअघि पनि विरामीलाई…
Read More
सूर्यविनायक–धुलिखेल सडक यसरी बन्दै छ ६ लेनको

सूर्यविनायक–धुलिखेल सडक यसरी बन्दै छ ६ लेनको

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ । वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार…
Read More
गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा

गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा

गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्। शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए। एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेला(महोत्सवमा व्यस्त छिन्। एलिनाले दर्जनौं गीतमा स्वर दिएकी छन्।
Read More
अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

एजेन्सी : मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको थियो । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५र२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत कर लगाउने समयसीमा आजदेखि लागू हुँदैछ । राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिनुभएको थियो । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । यदि कर लागू भएमा क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने जोखिम छ । किनभने यी दुवै देशले…
Read More
अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि

काठमाण्डौ – कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सले जनाएको छ । उद्घाटन खेलमा आज धनगढी र डडेलधुरा खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् । समूह ‘ए’ मा धनगढी,डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यू होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् । अर्जुन ट्रफीको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन्…
Read More
अमेरिकामा फेरि विमान दुर्घटना

अमेरिकामा फेरि विमान दुर्घटना

घर र सवारी साधनमा आगलागी, उडेको ३० सेकेन्डमै आवासीय क्षेत्रमा खसेको हो एजेन्सी÷वासिङटन डिसी : अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान विमान दुर्घटनाग्रस्त भएको छ। समाचार एजेन्सी एपीका अनुसार फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। यसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य रहेको जनाइएको छ। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार लियरजेट ५५ नामको विमानले स्थानीय समय अनुसार साँझ ६स्३) बजे उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको थियो। त्यसको ३० सेकेन्ड पछि ६.४ किलोमिटर (४ माइल) टाढा दुर्घटनाग्रस्त भयो। एएफपीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विमान आवासीय…
Read More
मरिणमा पालिका स्तरीय पाँचौं अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

मरिणमा पालिका स्तरीय पाँचौं अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पाँचौ अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमका विच उद्घाटन गरिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ र ‘मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान’ भन्ने मुलनाराका साथ आयोजित प्रतियोगिता सोमबारबाट मरिण गाउँपालिका ५ को बढिमुहानमा सुरु भएको हो । प्रतियोगितामा मरिण गाउँपालिकाका ७ वटै वडाका विभिन्न टोली सहभागिता रहेको छ । प्रतियोगितामा महिला भलिवल, पुरुष भलिवल, तथा पुरुष फुटवल र महिला फुटवल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेताले शिल्ड, मेडल,…
Read More
प्रेस सेन्टर नेपाल सिन्धुलीमा नयाँ नेतृत्व चयन

प्रेस सेन्टर नेपाल सिन्धुलीमा नयाँ नेतृत्व चयन

सिन्धुली । प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा संगिता डिम्दोङ र प्रतिमा विसी, सचिवमा मनोज दाहाल, सहसचिवमा महेश ठटाल र बिर्ख बहादुर वाईबा र कोषाध्यक्षमा विशाल सतशंकर चयन भएका हुन । सदस्यहरुमा आस्था विक, उर्मिला दियाली, मोतीलाल गोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ र जिवन दर्लामी चयन भएका हुन । अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य…
Read More