Badapatra Online

शुक्रबारबाट सातौँ सिन्धुली महोत्सव सुरु हुँदै

शुक्रबारबाट सातौँ सिन्धुली महोत्सव सुरु हुँदै

शुक्रबारबाट सातौँ सिन्धुली महोत्सव सुरु हुँदै

सिन्धुली । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिंज्य संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा स्थानीय उत्पादन, धार्मीक तथा पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारबाट सातौं सिन्धुली महोत्सवको आयोजना गरिने भएको छ । माघ ९ गते शुक्रबारबाट १९ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवमा जुनार लगायतका स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, जडीबुटी, स्थानीय खाद्य परिकार, अल्लो तथा ढाकाका उत्पादनका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तन र स्टार्टअपसम्बन्धी सामग्रीसमेत प्रदर्शनीमा राखिने छ । महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धनका लागि ३ सय १५ वटा स्टल राखिने छ । महोत्सवमा लोपउन्मुख खैंजडीबाजा, स्थानीय लोक गायन तथा नृत्य प्रतिस्पर्धा समेत गराईने सिन्धुली…
Read More
छैठौं मरिण गाउँपालिका अध्यक्ष कप : पुरुषतर्फ वडा नम्बर ३ र महिलातर्फ ४ विजयी

छैठौं मरिण गाउँपालिका अध्यक्ष कप : पुरुषतर्फ वडा नम्बर ३ र महिलातर्फ ४ विजयी

सिन्धुली । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा संचालन भएको छैठौं मरिण गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वडा नम्बर ३ र महिलातर्फ वडा नम्बर ४ ले हात पारेको छ । मरिण गाउँपालिका ७ स्थित रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल प्रतियोगितामा वडा नम्बर ३ ले घरेलु टिम वडा नम्बर ७ लाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यस्तै महिला तर्फको फुटबल उपाधि साविक विजेता वडा नम्बर ४ ले जितेको छ । फाइनलमा वडा नम्बर ३ र ४ दुबै टिम गोल रहित बराबर भएपछि पेनाल्टी सुटअउटमा २–१ ले वडा नम्बर ४ विजयी…
Read More
कमलामाई नगरपालिका ५ वडालाई बालमैत्री वडा घोषणा गरिँदै

कमलामाई नगरपालिका ५ वडालाई बालमैत्री वडा घोषणा गरिँदै

सिन्धुली  । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ । आगामी २०८४ भित्र वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित आवश्यक सूचकहरु पुरगार्ने गरी वडामा तिव्र तयारी गरिएको छ । कमलामाई नगरपालिका, वडा नम्बर ५ को कार्यालय, प्लान नेपाल संगको साझेदारीमा ह्याण्ड्स नेपाल लगायतका संघ संस्थाहरुसंगको सहकार्यमा वडालाई बालमैत्री वडा घोषणका लागि पहल भईरहेको हो । बुधबार वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षमा बसेको वडा स्तरीय बाल अधिकार समितिको बैठकमा वडालाई बालमैत्री वडा घोषणका लागि आवश्यक विभिन्न ५१ वटा सूचकहरु पुरा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ भित्र वडालाई बालमैत्री वडा घोषणा गर्नेगरी निर्णय भएको हो…
Read More
सिन्धुलीका दुई निर्वाचन क्षेत्रका लागि २८ जनाको उम्मेदवारी दर्ता

सिन्धुलीका दुई निर्वाचन क्षेत्रका लागि २८ जनाको उम्मेदवारी दर्ता

सिन्धुली  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुलीका दुईवटा निर्वाचन क्षेत्रबाट २७ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि मंगलबार भएको उमेदवारी दर्ता अनुसार क्षेत्र नम्बर १ मा १२ जनाको र क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी परेको हो । जसमा १ जना महिला र ६ जनाको स्वतन्त्र उमेदवारी परेको छ । २८ जना नेपाली कांग्रेसबाट सिन्धुली क्षेत्र नम्बर दुईमा उमेदवारी दिएकी सुशिला थिङ एक्ली महिला उम्मेदवार हुन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको हो । जसअनुसार नेपाली कांग्रेसबाट उज्ज्वल प्रसाद बराल, नेकपा…
Read More
सिन्धुलीमा रास्वपाबाट कार्की र गजुरेलको उम्मेदवारी दर्ता

सिन्धुलीमा रास्वपाबाट कार्की र गजुरेलको उम्मेदवारी दर्ता

सिन्धुली  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । पार्टीको तर्फबाट सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा धनेन्द्र कार्की र प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा आशिष गजुरेलले उमेदवारी दर्ता गराएका हुन् । गजुरेल यातायात पूवाधारविज्ञ हुन् । गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् । गजुरेल सिन्धुली २ का स्थायी बासिन्दा हुन् ।
Read More
सिन्धुलीमा नेपाली कांग्रेसबाट बराल र थिङको उम्मेदवारी दर्ता

सिन्धुलीमा नेपाली कांग्रेसबाट बराल र थिङको उम्मेदवारी दर्ता

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको दुई वटै निर्वाचन क्षेत्रका लागि उमेद्वारी दर्ता गराएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नं. १ मा उज्ज्वल प्रसाद बराल र प्रतिनिधि सभा क्षेत्र नं. २ मा शुसिला थिङले कांग्रेसको तर्फबाट उमेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार बरालले निर्वाचन अधिकृतको कार्यालय र थिङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । बराल हालै मात्र नेपाली कांग्रेसको सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका थिए । उनि निवर्तमान जिल्ला सभापति समेत हुन् । यस्तै थिङ विघटन…
Read More
सिन्धुलीमा एमालेबाट कटवाल र थापाको मनोनयन दर्ता

सिन्धुलीमा एमालेबाट कटवाल र थापाको मनोनयन दर्ता

सिन्धुली  । नेकपा एमालेको तर्फबाट सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रमा एकै साथ उमेदवारी दर्ता गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिन्धुली क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदिप कटवाल र क्षेत्र नम्बर दुई मा मनोजजंङ थापाले उमेदवारी दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पुरानै उमेदवारलाई टुङ्याएको थियो । एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य प्रदिप कटवाल र प्रतिनिधि सभा क्षेत्र नम्बर दुईमा मनोज जंग थापालाई उमेदवार बनाएको छ । बटवाल निवर्तमान प्रदेस सभास सदस्य तथा मन्त्री हुन भने २०७९ को प्रतिनिधि सभा…
Read More
सिन्धुलीमा नेकपाबाट सुवेदी र दाहालले गरे उम्मेदवारी दर्ता

सिन्धुलीमा नेकपाबाट सुवेदी र दाहालले गरे उम्मेदवारी दर्ता

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाका तर्फबाट सिन्धुली प्रतिनिधि सभा १ मा डेकेन्द्र प्रसाद सुबेदी र सिन्धुली प्रतिनिधि सभा २ मा भने निबर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको बाक्लो उपस्थितीका विच मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदी र दाहालले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । सुवेदी पार्टी एकिकरणका क्रममा माधव कुमार नेपालसंगै एकिकृत समाजबादीबाट आएका हुन् । उनि कानुन व्यवसायी हुन् । दाहाल २०७९ को प्रतिनिधी सभा सदस्यमा नेकपा…
Read More
सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिन्धुली । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्माणाधिन जिल्ला समन्वय समितिको नयाँ भवनमा शुक्रबार सिन्धुलीमाढीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको गरी दुई कार्यालय एकै साथ स्थापना गपरिएको हो । प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचन क्षेत्र नम्बर १ लाख निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृत सहितको कार्यालय स्थापना गरिएको हो । जिल्ला स्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन आयोगको कार्यालय, संचारकर्मीहरु समेतको उपस्थितीमा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए…
Read More
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नौं जना खेलाडीलाई मरिणमा सम्मान

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नौं जना खेलाडीलाई मरिणमा सम्मान

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुली गाउँपालिकामा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ । बिहिबारबाट मरिण गाउँपालिका ७ मा आयोजित मरिण गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिकाका ९ जना खेलाडीहरुलाई सम्मान–पत्र र खादा ओढाएर सममान गरिएको हो । उक्त समारोहमा निर्वतमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल र मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिप २०२५ मा नेपालबाट प्रतिनिधित्व गर्दै उत्कृष्ठ खेल प्रदर्शन गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल मरिण गाउँपालिका ३ का अनिल रोक्कालाई सम्मान गरेका हुन्…
Read More