सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुली जिल्लाका नांै वटा स्थानीय तहमध्ये सिन्धुलीको दुधौली नगरपालिका प्रथम र गोलन्जोर गाउँपालिका दोस्रो उत्कृष्ट पालिका भएका छन् । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो र गोलन्जोर गाउँपालिका दोस्रो हुदै उत्कृष्ट ठहरिएका हुन । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २८०÷०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा दुधौली नगरपालिकाले ७३ दशमलव १ अंक सहित सिन्धुली जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । दुधौली नगरपालिका बागमती प्रदेश तर्फ नगरपालिकाहरुमा दोश्रो र बागमती प्रदेश तर्फ स्थानीय तहहरुमा ५ औं स्थानमा पर्न सफल भएकोमा दुधौली नगरपालिका…
सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए । ‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’…
सिन्धुली । फागुन १ गते तत्कालिन नेकपा माओवादीले हतियारको बलमा राज्यसत्ता कब्जा गर्ने उद्घोषका साथ सशस्त्र जनयुद्धको उद्घोष गरेको दिन अर्थात जनयुद्ध दिवस ! नेकपा माओवादी केन्द्रले देशैभर विभिन्न कार्यक्रम गर्दै आज ३० औं जनयुद्ध दिवस मनाएको छ । यसै सन्दर्भमा बिहिबार ३० औं जनयुद्ध दिवसको दिन सिन्धुलीको घ्याङ्लेख गाउँपालिका १ अमलेमा महान जनयुद्धका सहिदहरुको सालिकामा माल्यार्पण गरिएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा सहिदहरुप्रति श्रद्धाभाव सहित माल्यार्पण गरिएको हो । नेकपा माओवादी केन्द्र घ्याङ्लेख गाउँकमिटिका अध्यक्ष चक्र पाख्रिनको अध्यक्षतामा भएको…
सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मरिण गाउँपालिकामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त) को प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटि इनचार्ज पदम अस्थानी (शरण) लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा महान जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान…
सिन्धुली । गत असोज ११ र १२ गते आएको बाढीले डुवाउँदा अबरुद्ध भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट झण्डै पाँच महिनापछि सञ्चालनमा आएको छ । गत असोज ११ गते सुनकोसी नदीमा आएको बाढी रिसोर्ट भित्र पस्दा डुवानमा परेको थियो । बाढीले क्षति पुग्दा पूर्णरुपमा अबरुद्ध भएको रिसोर्ट झण्डै पाँच महिनाको लगातार प्रयासबाट डुवानमा परेको बालुवा र माटो हटाएर पहिलेकै अवस्थामा संचालनमा ल्याइएको रिसोर्ट सञ्चालक मनोज श्रेष्ठको भनाई छ । रिसोर्टलाई पहिलाकै अवस्थामा संचालनमा ल्याउन झण्डै १० करोड रुपैयाँ बराबर खर्च भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘बाढीले रिसोर्टका बाहिरी रभित्र सबै संरचनामा क्षेती पु¥याएको थियो । एकदेखी…
सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीको ३४ औं वार्षिक साधारण सभा एवंम् १५ औं जिल्ला अधिवेशन भोली मंगलबार हुने भएको छ । नेपाल सरकारका गृह मन्त्री माननिय रमेश लेखकको प्रमुख आतिथ्यतामा साधरण सभा तथा अधिवेशन आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार साधरण सभा तथा अधिवेशन कमलामाई नगरपालिका ६ धुराबजार स्थित कमलामाई पार्टी प्यालेशमा आयोजना गरिएको छ । अधिवेशनको उद्घाटन सत्र बिहान ११ बजेबाट सुरु हुने छ । कार्यक्रममा संघको जिल्ला नेतृत्वका लागि निर्वाचन मिति तय गर्नेछ ।
सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना भएको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ । मरिण गाउँपालिका २ मुङ्ग्रे खेलमैदानमा भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई ४–३ गोलअन्तरले पराजित गर्दै बागमती युवा क्लवले उपाधी हात पारेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताको छिनोफानो गरिएको थियो । जितसँगै बागमती युवा क्ललले नगद ३ लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताको आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लव उपविजेता भएको छ । मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद १ लाख ५० हजार रूपैयाँ सहित शिल्ड,…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । मंगलबार एक कार्यक्रमका विच ‘विश्व क्यान्सर दिवस’ को अवसर पारेर हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उक्त खोप अभियानको सुभारम्भ गर्नुभएको हो । हरिहरपुरगढी गाउँपालिका ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा गाउँपालिकाका अध्इक्ष वाइवा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले संयुक्तरुपमा स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमकाबिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको हो गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले क्यान्सरले पछिल्लो समय आफन्त लगायत धेरै मानिसहरुको मृत्यु भएको सुनाउनुहुँदै खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ । मंगलबारबाट आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक…
काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ । वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पाँचौ अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमका विच उद्घाटन गरिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ र ‘मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान’ भन्ने मुलनाराका साथ आयोजित प्रतियोगिता सोमबारबाट मरिण गाउँपालिका ५ को बढिमुहानमा सुरु भएको हो । प्रतियोगितामा मरिण गाउँपालिकाका ७ वटै वडाका विभिन्न टोली सहभागिता रहेको छ । प्रतियोगितामा महिला भलिवल, पुरुष भलिवल, तथा पुरुष फुटवल र महिला फुटवल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेताले शिल्ड, मेडल,…