सिन्धुली । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल हेटौंडा मकवानपुर द्वारा आयोजित बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिन्धुलीको कलाघर समुह दोस्रो बनेको छ । बागमती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल केन्द्रिय समिती अध्यक्ष नारायण लेकाली, उपमहासचिब नारायण भुसाल, भजन प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम, बागमती प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य नबिन पौडेल, केन्द्रिय सदस्य नारायण रेग्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न जिल्लाका ९ वटा भजन समूह बिच भएको प्रतिस्पर्धामा ओमकारेश्वर भजन समूह काठमाडौं प्रथम भएको छ ।…
सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीको मरिण सङ्गठनलाई ठुलो धक्का लागेको छ । पार्टीका गाउँकमिटि सचिव पुण्य प्रसाद चौलागाईं नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसंगै पार्टी संगठनमा ठुलो धक्का लागेको हो । चौलागाँई शुक्रबार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उहाँलाई माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको छ । चौलागाँई नेपाली कांग्रेस मरिणका प्रभावशाली नेता हुन् । उनलाई प्रचण्ड निवासमा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल, सांसद राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’, नेकपा माओवादी केन्द्र मरिणका अध्यक्ष काजीमान थिङ लगायतले स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेस पार्टी परित्याग गरि चौलागाँई…
सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो । पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् । यसका लागि बुधवार फिक्कल गाउँपालिका र प्राइम…
सिन्धुली । सिन्धुलीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ र ६ को सिमना हुँदै बग्ने ग्वाङ खोलामा पौडी खेल्न गएका एक १६ वर्षका बालकको खड्कुले दहको पानीमा डुबेर मृत्यु भएको हो । गोलन्जोर गाउँपालिका ७ खुर्कोटका प्रदिप देबकोटाका छोरा कमलामाई नगरपालिका ७ बुद्धनगर स्थित मामा घरमा बसी शिद्धबाबा बोर्डिङ्ग स्कुल स्थित कक्षा ९ मा अध्ययनरत १६ वर्षका प्रतिक देबकोटाको बुधबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो । बुधबार विद्यालय बन्द हुँदा साथीहरुसंग पौडीखेल्न गएको बेला देबकोटा दहमा डुबेका थिए । उनी दहमा डुबी घाईते हुँदा तत्काल उद्धार गरी उपचारका लगी सिन्धुली अस्पताल पु¥याइएको…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ । गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ । बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका…
सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका प्रथम भएको छ । सिन्धुली जिल्लाका दुई नगरपालिका सहित नौं वटा पालिकाहरु मध्ये घ्याङलेख गाउँपालिका प्रथम भएको हो । उक्त पालिका बागमती प्रदेशका सबै स्थानीय तहहरुको मुल्यांकनमा तेस्रो भएको छ । नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सार्वजनिक भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा ९६ दशमलव ५ प्रतिसत अंक प्राप्त गर्दै घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिए । यो अंक जिल्लाको अन्य पालिकाको तुलनामा सर्वात्कृष्ट हो । ‘स्थानीय तहले गरेका कार्यहरु तोकिएको समय सिमा भित्र आवश्यक कागजातहरु…
सिन्धुली । एसिडआक्रमणबाट गम्भिर घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका ३ कोटगाउँका ४१ वर्षीय सुकुराम दमाईको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उनको विहान ९ बजेर ३९ मिनेट मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका दाजु बुधराम दमाईका अनुसार ज्याला मजदुरीका लागि केही समय अगाडी देखि काभ्रे जिल्लाको रोशी गाउँपालिका बस्दै आएका सुकरामलाई गत चैत्र १७ गते आइतबार बेलुकी करिव साँढे ७ बजे एसिड आक्रमण भएको थियो । एसिड आक्रमणबाट ४५ प्रतिसतबढी शरिर जलेका सुकरामको उपचारको करिव एक महिनाको उपचारपछि मृत्यु भएको हो । उनिमाथी बेलुकाको समयमा कामबाट फर्की खाना खान बसीरहेको अवस्थामा केही समुहमा आएका व्यक्तिहरुले…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् । गाउँपालिकाले बुधबार वडा नम्बर १ मा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ । यस्तै ५ जनाले बायोमेट्रि…