Badapatra Online

जनयुद्ध दिवस : जनयुद्धको उद्गमस्थल अमलेका १२ सहिदको सालिकमा माल्यार्पण

जनयुद्ध दिवस : जनयुद्धको उद्गमस्थल अमलेका १२ सहिदको सालिकमा माल्यार्पण

जनयुद्ध दिवस : जनयुद्धको उद्गमस्थल अमलेका १२ सहिदको सालिकमा माल्यार्पण

सिन्धुली । फागुन १ गते तत्कालिन नेकपा माओवादीले हतियारको बलमा राज्यसत्ता कब्जा गर्ने उद्घोषका साथ सशस्त्र जनयुद्धको उद्घोष गरेको दिन अर्थात जनयुद्ध दिवस ! नेकपा माओवादी केन्द्रले देशैभर विभिन्न कार्यक्रम गर्दै आज ३० औं जनयुद्ध दिवस मनाएको छ । यसै सन्दर्भमा बिहिबार ३० औं जनयुद्ध दिवसको दिन सिन्धुलीको घ्याङ्लेख गाउँपालिका १ अमलेमा महान जनयुद्धका सहिदहरुको सालिकामा माल्यार्पण गरिएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा सहिदहरुप्रति श्रद्धाभाव सहित माल्यार्पण गरिएको हो । नेकपा माओवादी केन्द्र घ्याङ्लेख गाउँकमिटिका अध्यक्ष चक्र पाख्रिनको अध्यक्षतामा भएको…
Read More
जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिका अध्यक्ष अजित मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका नेता तथा हरिहरपरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले अहिलेको संविधान भनेको माओवादी र जनता बलियो भएर आएको बताउँनु भयो । उहाँले भन्नुभयो,…
Read More
३० औंं जनयुद्ध दिवसको अवसरमा मरिणमा विशेष अन्तरक्रिया

३० औंं जनयुद्ध दिवसको अवसरमा मरिणमा विशेष अन्तरक्रिया

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मरिण गाउँपालिकामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त) को प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटि इनचार्ज पदम अस्थानी (शरण) लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा महान जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान…
Read More
जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान गरिएको छ । ३० औंं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुनकोसी गाउँ कमिटिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाईटी सिन्धुली, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र सुनकोशी र पुरानो झाँगाझोली उपशाखाको सहयोगमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिले ३० औं जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त गाउँकमिटिका अध्यक्ष नेत्र रानाले जानकारी दिए । रक्तदान कार्यक्रममा झन्डै ३७ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् । रक्तदानमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिका अध्यक्ष नेत्र राना, पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, नेरेसो जिल्ला शाखा उपसभापति महेश्वर कोइराल , प्रमुख…
Read More
जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । नेकपामा माओबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटि र अखिल (क्रान्तिकारी) जिल्ला कमिटिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । दुबै कमिटिको संयुक्त आयोजनामा सिन्धुलीमाढी स्थित खम्बेचौरमा प्रतियोगिताको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)ले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वाइसिएल नेपाल सिन्धुलीले जित हात पारेको छ । वाइसिएल नेपालले अखिल क्रान्तिकारीलाई तीन गोल अन्तरले पराजित गरेको हो । वाइसिएल नेपालका लागि दर्शन भण्डारीले दुई गोले गरेका थिए भने राजकुमार…
Read More
मावि मरिण खयरसालमा अक्षयकोष स्थापना, दाताको नाम स्मारिकामा उल्लेख गर्दै वार्षिक उत्सवमा सम्मान गरिने

मावि मरिण खयरसालमा अक्षयकोष स्थापना, दाताको नाम स्मारिकामा उल्लेख गर्दै वार्षिक उत्सवमा सम्मान गरिने

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले आफ्नो ६१ औं स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । विद्यालयले आगामी फागुन २२ गते बिहिबारका दिन विद्यालयको ६१ औं स्थापना दिवस मनाउने तयारी गरेको हो । विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार विद्यालयको वार्षिक उत्सवको दिन पारेर विद्यालयको ऐतिहासिक स्मारिका समेत प्रकाशन गर्ने तयारी गरिएको छ । उक्त अवसरमा विद्यालयले विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने मावि मरिण खयरसाल २०२० सालमा स्थापना भएको विद्यालय हो ।…
Read More
प्रेस चौतारी नेपाल सिन्धुलीको अध्यक्षमा पुनः दाहाल चयन

प्रेस चौतारी नेपाल सिन्धुलीको अध्यक्षमा पुनः दाहाल चयन

सिन्धुली । मंगलबार सम्पनन प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशनले पुन विनय दाहालको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन दाहालको अध्यक्षतमा ९ सदस्य कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा उद्दव श्रेष्ठ र सुनिता विक चयन भएका छन भने सचिवमा बलबिर भुजेललाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा नवराज दाहाल, सह–सचिवमा टिएन घिमिरे र मेनुका बुढाथोकी चयन भएका छन भने सदस्यहरुमा पवन राउत, विमला रजन मगर र गोमा श्रेष्ठलाई चयन गरिएको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा कृष्णहरी घिमिरे, लोकहरी आचार्य र विमला रजन मगरलाई…
Read More
बाढीले क्षतिग्रस्त सिन्धुलीको क्वालिटी बिच रिसोर्ट सञ्चालनमा

बाढीले क्षतिग्रस्त सिन्धुलीको क्वालिटी बिच रिसोर्ट सञ्चालनमा

सिन्धुली । गत असोज ११ र १२ गते आएको बाढीले डुवाउँदा अबरुद्ध भएको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट झण्डै पाँच महिनापछि सञ्चालनमा आएको छ । गत असोज ११ गते सुनकोसी नदीमा आएको बाढी रिसोर्ट भित्र पस्दा डुवानमा परेको थियो । बाढीले क्षति पुग्दा पूर्णरुपमा अबरुद्ध भएको रिसोर्ट झण्डै पाँच महिनाको लगातार प्रयासबाट डुवानमा परेको बालुवा र माटो हटाएर पहिलेकै अवस्थामा संचालनमा ल्याइएको रिसोर्ट सञ्चालक मनोज श्रेष्ठको भनाई छ । रिसोर्टलाई पहिलाकै अवस्थामा संचालनमा ल्याउन झण्डै १० करोड रुपैयाँ बराबर खर्च भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘बाढीले रिसोर्टका बाहिरी रभित्र सबै संरचनामा क्षेती पु¥याएको थियो । एकदेखी…
Read More
कमलामाई नगरले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै (सूचना सहित)

कमलामाई नगरले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै (सूचना सहित)

सिन्धुली  । जिल्लाको कमलामाई नगरपालिकाले नायव सुब्बा पदको लागि लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । यसका लागि इच्छुक व्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनु पर्ने छ । कमलामाई नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालका अनुसार नगरका विपन्न वर्गलाई लक्षित गर्दै यस्तो तयारी कक्षा संचालन गर्न थालिएको हो । नगरमा स्थायी बसोबास गर्ने र आगामी फागुन १२ गतेसम्म १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेका पुरुष तथा महिला र अपाङ्गको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिहरुले १५ दिन अर्थात आगामी फागुन १२ गते भित्र निवेदन दिनुपर्ने छ । इच्छुक व्यक्तिहरुले कमलामाई नगरपालिकाको…
Read More
कमलामाईको तेस्रो राष्ट्रपति रनिङ शिल्ड गौमती माविले उचाल्यो

कमलामाईको तेस्रो राष्ट्रपति रनिङ शिल्ड गौमती माविले उचाल्यो

सिन्धुली। कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गौमती माविले जितेको छ । सोमबार सिन्धुलीको खुल्लामन्चमा सम्पन्न प्रतियोगितामा विभिन्न खेलहरुमा स्वर्ण, रजत र काश्य पदकहरु जित्दै गौमति माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको हो । यस्तै प्रतियोगितामा सिन्धुलीमाढीमै रहेको सिद्वस्थलि इङ्लिस बोडिङ्ग स्कुल दोस्रो र कमलामाई नगरपालिका १ स्थित शिखर मावि मरिण बेल्टार तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् । प्रतियोगिताका विजयी टिमलाई कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन् ।…
Read More