Badapatra Online

सिन्धुली उद्योग वाणिज्य संघको १५ औं जिल्ला अधिवेशन मंगलबार, उद्घाटन गृहमन्त्री लेखकले गर्दै

सिन्धुली उद्योग वाणिज्य संघको १५ औं जिल्ला अधिवेशन मंगलबार, उद्घाटन गृहमन्त्री लेखकले गर्दै

सिन्धुली उद्योग वाणिज्य संघको १५ औं जिल्ला अधिवेशन मंगलबार, उद्घाटन गृहमन्त्री लेखकले गर्दै

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीको ३४ औं वार्षिक साधारण सभा एवंम् १५ औं जिल्ला अधिवेशन भोली मंगलबार हुने भएको छ । नेपाल सरकारका गृह मन्त्री माननिय रमेश लेखकको प्रमुख आतिथ्यतामा साधरण सभा तथा अधिवेशन आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार साधरण सभा तथा अधिवेशन कमलामाई नगरपालिका ६ धुराबजार स्थित कमलामाई पार्टी प्यालेशमा आयोजना गरिएको छ । अधिवेशनको उद्घाटन सत्र बिहान ११ बजेबाट सुरु हुने छ । कार्यक्रममा संघको जिल्ला नेतृत्वका लागि निर्वाचन मिति तय गर्नेछ ।
Read More
प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशन मंगलबार हुने

प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशन मंगलबार हुने

सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुलीको ८ औं जिल्ला अधिवेशन मंगलबार हुने भएको छ सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा अधिवेशन हुन लागेको हो । नेकपा एमाले सम्बद्ध श्रमजिवी पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको अधिवेशन सिन्धुली माढी स्थित अर्कश्या पार्टी प्यालेस शान्तिनगरचोकमा आयोजना गरिने संगठनले जनाएको छ । मंगलबार बिहान ११ बजेबाट सुरु हुने अधिवेशनले आगामी कार्यकालका लागि संगठनको नयाँ नेतृत्वको समेत चयन गर्ने बताइएको छ ।
Read More
न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन हरिहरपुरगढी गाउँपालिकाको आग्रह (सूचना सहित)

न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन हरिहरपुरगढी गाउँपालिकाको आग्रह (सूचना सहित)

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुलाई न्युनतम रोजगारीमा संलग्न हुन निवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाद्धारा सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन आग्रह गरिएको हो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराकाअनुसार रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निवेदन दिन सकिने छ । रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बन्चित बेरोजगार व्यक्तिहरुलाई प्रदान गरिने न्यूनतम सय दिन…
Read More
हरिहरपुरगढीमा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु

हरिहरपुरगढीमा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा डि.आर. परामर्श सेवा , मिथिला नगरपालिका ११ धनुषाको प्राविधिक सहयोगमा संस्थागत क्षमता विकास योजना तर्जुमा सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको हो । मंगलबारसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीको उद्घाटन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो । कार्यशालमा वडा अध्यक्ष तथा पालिकाका विषयगत कर्मचारीहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Read More
हरिहरपुरगढीमा पाँचौं अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना

हरिहरपुरगढीमा पाँचौं अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना

सिन्धुली  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पाँचौ अध्यक्ष कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । पाँच दिनसम्म संचालन हुने प्रतियोगिताको आइतबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गर्नु भएको हो । खेदकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष वाइबाले युवा तथा खेलकुद विकास समितिलाई खेलाडीहरुलाई अनुशासनमा राखेर अध्यक्षकप सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै उहाँले खेललाई सुरक्षित बनाउने उदेश्यले खेल मैदान व्यवस्थापनको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने उद्घोष समेत गर्नुभएको छ । युवा तथा खेलकुद विकास समिति झनझनेद्धारा आयोजित तथा हरिहरपुरगढी गाउँपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिता चैनपुर खेल मैदानमा संचालन भईरहेको छ । प्रतियोगितामा गाउँपालिकाका ८ वटा वडाका महिला…
Read More
कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कमलामाई नगरपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रवारबाट सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयले सहभागिता जनाएको कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष श्री लोक विक्रम थापा ले जानकारी दिनुभयो । प्रतियोगिताको उदघाटन गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूमा लगनशीलता, अनुशासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले…
Read More
खनियाखर्कमा गाडी दुर्घटना हुँदा चालकको मृत्युु, पाँच जना घाइते

खनियाखर्कमा गाडी दुर्घटना हुँदा चालकको मृत्युु, पाँच जना घाइते

सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१–०३० च–६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहुनेमा मोरङ जिल्ला लेटाङ नगरपालिका २ बस्ने बर्ष ३४ का देबि लिम्बू रहेको छन उहाँको अँखा, टाउको र घाटिमा चोट लागेको छ । त्यस्तै मध्यम घाइते हुनेहरुमा इलाम देउमाइ…
Read More
प्रथम मरिण गोल्डकपको उपाधि बागमती क्लवलाई

प्रथम मरिण गोल्डकपको उपाधि बागमती क्लवलाई

सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना भएको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ । मरिण गाउँपालिका २ मुङ्ग्रे खेलमैदानमा भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई ४–३ गोलअन्तरले पराजित गर्दै बागमती युवा क्लवले उपाधी हात पारेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताको छिनोफानो गरिएको थियो । जितसँगै बागमती युवा क्ललले नगद ३ लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताको आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लव उपविजेता भएको छ । मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद १ लाख ५० हजार रूपैयाँ सहित शिल्ड,…
Read More
नेकपा एसका केन्द्रीय सदस्य पाख्रिनसहित नेता एमालेमै फर्किए

नेकपा एसका केन्द्रीय सदस्य पाख्रिनसहित नेता एमालेमै फर्किए

सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित दर्जन नेता कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएका छन् । एमाले सिन्धुलीको तीन महिने वडा केन्द्रित अभियान अभिमुखिकण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाललगायत नेताहरु टीका र खादा लगाएर नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने वडा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली आइपुगेका एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय…
Read More
हरिहरपुरगढीमा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु

हरिहरपुरगढीमा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । मंगलबार एक कार्यक्रमका विच ‘विश्व क्यान्सर दिवस’ को अवसर पारेर हहिरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उक्त खोप अभियानको सुभारम्भ गर्नुभएको हो । हरिहरपुरगढी गाउँपालिका ३ स्थित हरिहरपुर मावि घण्टे खोप केन्द्रमा गाउँपालिकाका अध्इक्ष वाइवा र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले संयुक्तरुपमा स्वास्थ्यकर्मीहरुलाई एक औपचारिक कार्यक्रमकाबिच स्वास्थ्य सामाग्री हस्तानतरण गरेर अभियानको सुरुवात गर्नुभएको हो गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले क्यान्सरले पछिल्लो समय आफन्त लगायत धेरै मानिसहरुको मृत्यु भएको सुनाउनुहुँदै खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको छ । मंगलबारबाट आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक…
Read More